सन्धिखर्क साना शहरी खानेपानी सँस्था द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त

| २०७९ जेठ २२ गते १९: २५ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। सन्धिखर्क साना शहरी खानेपानी तथा नगर आयाेजना मुल संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकाे छ ।

 संस्थाले सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उप- प्रमुख मिश्रा आचार्य, सन्धिखर्क १ का अध्यक्ष माधव श्रेष्ठ, २ का अध्यक्ष माेतिजङ्ग रायमाझी, ८ का अध्यक्ष हुमप्रसाद बञ्जाडे, १ का वडा सदस्यहरू  बाबुराम पन्थी, श्रीधर मुखिया, सुनिता श्रेष्ठ, पार्वता पाण्डे सुनार, २ का वडा सदस्यहरू दामाेदर पाैडेल, खिमबहादुर मुखिया, विष्णुमाया भुसाल, निर्मला नेपालीलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेकाे हाे । 

कार्यक्रममा बाेल्दै नगर प्रमुख श्रेष्ठले सन्धिखर्कमा खानेपानी आपूर्तिका लागि नगरपालिका कार्यालयले आवश्यक सहयाेग गर्ने बताउनुभयाे । कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठकाे अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रामबहादुर रायमाझीकाे स्वागत मन्तव्य र महासचिव कमल घिमरेकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्