कृषि विकास बैंक अर्घाखाँचीद्वारा दूध उत्पादन तथा बिक्री वितरण सहकारी संस्थालाई विभिन्न सामग्री तथा प्रविधि हस्तान्तरण

| २०७९ जेठ २२ गते २०: ४९ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। कृषि विकास बैंक लिमिटेड सन्धिखर्क शाखा ( Rpsf-Apia) project ले अर्घाखाँची दूध उत्पादन तथा बिक्री वितरण सहकारी संस्थालाई विभिन्न सामग्री तथा प्रविधि हस्तान्तरण र  दुग्ध उत्पादक किसान र व्यवसायी बीच व्यवसाय विस्तार सम्बन्धी B2B अन्तरक्रिया सम्पन्न गरेकाे छ ।

 सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारीका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेलाई कम्प्युटर, प्रिन्टर प्रदान गर्नुभयाे । बैंकले सहकारीका कृषकहरूलाई  किसान क्रेडिट कार्ड, एप्स mpos उपलब्ध गराएकाे छ । कार्यक्रममा बाेल्दै नगर प्रमुख श्रेष्ठले व्यवसायीक कृषिकाे माध्यमबाट राेजगारी सिर्जना गर्नका लागि नगरपालिकाले विशेष खालका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयाे । उहाँले कृषकले उत्पादन गरेकाे बस्तुकाे बजारीकरण गर्न नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे ।

 कार्यक्रममा सन्धिखर्क २ का वडा अध्यक्ष माेतिजङ्ग रायमाझी, बैंकका लुम्बिनी प्रदेश प्रमुख जयनेपाल श्रेष्ठ, प्रदेश कार्यालयका वरिष्ठ ऋण अधिकृत नवराज गाैतम, सहकारीका उपाध्यक्ष कुशल भुसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बैंकका शाखा प्रमुख दुर्गा खनालकाे अध्यक्षता, नारायण खनालकाे स्वागत मन्तव्य र लेखापाल श्रीबहादुर जिसीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्