अर्घाखाँची उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मिश्रद्धारा पदभार ग्रहण

| २०७९ असार ३ गते २१: २३ मा प्रकाशित

श्याम घिमिरेसन्धिखर्क। 
असार ३ -अर्घाखाँची उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रदिप मिश्रले पदभार ग्रहण गर्नुभएको छ । सुक्रवार एक कार्यक्रमका बिच संघका निबर्तमान अध्यक्ष युबराज श्रेष्ठले संघको लोगो लगाईदिएर मिश्रले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरे लगत्तै सन्धिखर्क, १० निवासी क्यान्सर रोगका बिरामी प्रेम बहादुर थापालाई उपचारार्थ रु ५१ सय आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा मनतब्य राख्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय सदस्य तथा सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्योग बाणिज्य संघ सबै उद्योगी व्यवसायीहरुको छाता संगठन भएकोले व्यवसायीहरुको हकहित र संरक्षणमा कामगर्न आग्रह गर्नुभयो ।

जेष्ठ २८ गते सम्पन्न अधिबेशनले संघको अध्यक्षमा प्रदीप मिश्र, वरीष्ठ उपाध्यक्षमा राम प्रसाद भुसाल, बाणिज्य तर्फको उपाध्यक्षमा साजन वली , उद्योग तर्फको उपाध्यक्षमा काजी श्रेष्ठ, महासचिवमा तुल्सी खनाल, सचीवमा सन्तोष बस्नेत , कोषाध्यक्षमा रुद्र श्रेष्ठ र सह सचिबमा लेखनाथ भुसाल निर्बिरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै समितिको सदस्यहरुमा सुमित्रा ढकाल , सपिना निशा , शिवप्रसाद बन्जाडे, कमल प्रसाद खनाल, डिल बहादुर सुनार (पुर्ण) ,लेखनाथ भण्डारी ,बाबुराम पौडेल ,लक्ष्मण केसी, अतिशकिरण बिक,मोतिलाल खनाल,श्यामकृष्ण श्रेष्ठ , प्रकाश चन्द्र बन्जाडे, चेतनारायण भुसाल , कृष्ण बहादुर विश्वकर्मा र तुल्सीराम पन्थीे निर्वाचित हुनुभएको छ ।
पदभार ग्रहण कार्यक्रम संघका निवर्तमान अध्यक्ष युवराज श्रेष्ठको अध्क्षता र नवनिर्वाचित महासचिब तुल्सी खनालको सञ्चालनमा सम्पन्न भएको हो ।


यसअघि अधिवेशनको सनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्