सन्धिखर्कमा माटाे परिक्षण शुरु

| २०७९ असार ७ गते १८: ५९ मा प्रकाशित

प्रेमनारायण आचार्य। अर्घाखाँचीकाे सन्धिखर्कमा माटाेकाे अम्लीय पन र छारीय पनकाे जाँच गरि उत्पादन बढाउन माटाे परिक्षण शुरु गरिएको छ । 

सुपा देउराली एग्रीकल्चरल रिसर्च एण्ड सिड प्रालि सन्धिखर्कले माटाे परिक्षण गरि उत्पादन बढाउन तथा कुन स्थानमा कुन खेती हुन्छ साेहि अनुसारको खेती गर्न माटाे परिक्षण शुरु गरेकाे हाे । 

सन्धिखर्क नगरपालिका संग सम्झौता गरेर माटाे परिक्षण कार्य शुरु गरिएको सुपा देउराली एग्रीकल्चरल रिसर्च एण्ड सिड प्रालिका प्रबन्धक युवराज पाैडेलले बताए। 

कार्यक्रममा प्रबन्धक युवराज पाैडेल, सचिव गणेश बन्जाडे, माटाे विज्ञ नारायण प्रसाद भुसाल , ब्यबस्थापक बिन्दु थापा लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्