सन्धिखर्कमा १ अर्ब ११ करोड ६३ लाखको बजेट विनियोजन

| २०७९ असार ९ गते २०: ४८ मा प्रकाशित

प्रेमनारायण,आचार्य, सन्धिखर्क। सन्धिखर्क नगरपालिकाले आगामी बर्ष २०७९-८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

सन्धिखर्क नगरपालिकाको ११औं नगर सभामा चालुतर्फ ६५ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ ४६ करोड ५९ लाख ४० हजार रुपैयाँको बजेट नगर उप प्रमुख मिश्रा आचार्यले प्रस्तुत गरेका थिए।

नगर सभामा नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेर चालुतर्फ ५८.२६ प्रतिशत र पुँजीगततर्फ ४१.७५ प्रतिशत विनियोजन गरिएको हो।

आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पुर्बाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड १३ लाख र शुसासन तथा सस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

निशर्ततर्फ ३२ करोड ६१ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरिएको योजना शाखाका दिलीप केसीले बताए।

प्रतिक्रिया दिनुहोस्