सन्धिखर्क नगरपालिकाको निति तथा कार्यक्रम : शिक्षा स्वास्थ्य प्राथमिकता

| २०७९ असार ११ गते १६: ०० मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।सन्धिखर्क नगरपालिका द्वारा ११ औं नगर सभाबाट पारित निति तथा कार्यक्रम र बजेट सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।नगरपालिकाले शिक्षा र स्वास्थ्यमा जोड दिने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कृषि शिक्षा र स्वास्थ्यमा जोड दिएर समृद्ध नगरपालिका बनाइ बसाइँसराइ रोक्न यस्तो नीति लिईएको बताएका छ्न ।

“तिरौ स्थानीय कर बनाऔं नगरपालिका लाई आत्म निर्भर ” भने मान्यता साथ नगरपालिका को कर प्रशासन लाई सरल र सहज बनाइने भएको छ ।

त्यस्तै श्रेष्ठले नगदेबाली लाई प्रोत्साहित , फ़ोहोर लाई जैविकमल बनाउने , पिउने पानी , शिक्षा , स्वास्थ्यमा जोड दिएर बसाइँसराइ घटाउने समेत बताए । बुटवल काठमाडौं जाने क्रम बढेपछि स्वास्थ्य र शिक्षा आफुले बढी जोड दिएको बताए। निति तथा कार्यक्रमले सामाजिक न्याय सहितको लोक कल्याण्कारी स्थानीय तह स्थापित गर्दै सन्धिखर्क नगरपालिका लाई आर्थिक,सामाजिक,भौतिक,शैक्षिक,धार्मिक,सांस्कृतिक तथा पर्यटकीय रुपबाट सम्मुन्नत,आत्मनिर्भर र स्वाबलम्वी बनाउने नगरपालिका प्रमुख श्रेष्ठले बताएका हुन । निति तथा कार्यक्रम २८३ बुदागत रुपमा ल्याइएको छ ।

 सन्धिखर्क नगरपालिकाले आगामी बर्ष २०७९-८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। सन्धिखर्क नगरपालिकाको ११औं नगर सभामा चालुतर्फ ६५ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ ४६ करोड ५९ लाख ४० हजार रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

प्रतिक्रिया दिनुहोस्