द रेन्बो युबा क्लबद्वारा अर्घा भगवती मन्दिर परिसर वरिपरि सरसफाइ

| २०७९ असार ११ गते १९: ३९ मा प्रकाशित

अर्घा। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड न ९ अर्घामा द रेन्बो युबा क्लबले बिगत ३ बर्ष देखि बिभिन्न सामाजिक क्षेत्र मा अग्रसर सामाजिक बिकृती जुँवा तास रक्सी  समाजमा नियन्त्रण गर्दै आएको छ । 

कोभिड १९ को समयमा क्वारेटाइन ब्यबस्थापन देखि सांस्कृतिक क्षेत्र मा द रेन्बो युबा क्लब निकै अगाडि रहेको छ र मुख्य त: भ्रष्ट्रचार को विषय मा बुलन्द आवज उठाउँदै आएको छ। यस क्लबले अति बिपन्ना परिबार लाई पनि आर्थिक सहयोग गर्दै आएको छ। 

द रेन्बो युबा क्लबले शनिबार को दिन पारी भगवती मन्दिर वरिपरि सरसफाइ तथा फुलका बिरुवा हरु लगाएका छ्न, र उक्त क्लबको सरसफाइ कार्यक्रम बसन्त बि क को अध्यक्षता र क्लब का पुर्ब अध्यक्ष बिष्णु परियार को उपस्थिति र सचिब विशाल परियार को सन्चालनमा सम्पन्न भयको थियो

 

प्रतिक्रिया दिनुहोस्