जननेता मदन भण्डारी ७१ औँ जन्म जयन्ती: अन्तरसंवाद कार्यक्रम सम्पन्न

| २०७९ असार १४ गते १८: ५३ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।प्रेस चाैतारी नेपाल अर्घाखाँची शाखाले जननेता मदन भण्डारीकाे ७१ औं जन्म जयन्ती काे अवसरमा जनताकाे बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेकाे छ ।

नेकपा एमाले पार्टी कार्यालय सन्धिखर्कमा नेकपा एमाले जिल्ला इन्चार्ज, जिल्ला पार्टी अध्यक्ष उपाध्यक्ष लगाएतका व्यक्तित्वहरु ले जननेता मदन भण्डारीकाे तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम सुरु गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिती तथा नेकपा एमाले जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व भएकोले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिइदैको बताएका छ्न ।

नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु जस्तै नेकपा एमाले अध्यक्ष केपी ओलिले दूरगामी महत्व काम अतुलनीय रहेकोले अतालिएर गठबन्धन गरिएको बताएका हुन् । दिनहुुँ मुल्य वृद्धिले गठबन्धन ठगबन्धन भएको पुष्टि भएको बताए ।
यस्तै कार्यक्रमका विशिष्ट अथिति तथा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेकाे बताउदै जतिसुकै व्याख्या गरे पनि कमैहुने बताएका छन् ।

जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल आषाढ १४ गते भएको थियो । वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी भण्डारी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

जीवनका लागि सिद्धान्त होइन सिद्धान्तका लागि जीवन हुनपर्छ, पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन, सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्छ राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन जस्ता उनका भनाइ नेपाली समाजमा अझैसम्म निकै चर्चित छन् ।

स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य केवी भुसाल, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण गैरे ,नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिजुला रायमाझी , नेकपा एमाले जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,मोती जङ्ग रायमाझी , श्रीकृष्ण भुसाल , गणेश खनाल, शोभाखर पन्थी , हिम लेकाली, अशोक खनाल ,प्रेम नारायण आचार्य , हिर्दयकुमार भुसाल, बसन्त श्रेष्ठ , अर्जुन भुसाल, बिष्णु आचार्य , कमला भण्डारी खनाल , करिशमा खनाल , माधव बेल्बासे, बिष्णु परियार ,मेनुका पौडेल , सुन्तली श्रेष्ठ , पेमा पोख्रेल , बिना पन्थी, सागर मरासिनी, प्रकाश महत लगाएत को उपस्थिति रहेको कार्यक्रम सिद्धार्थ केसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्