किमडाँडाका प्रकाशकाे पाैरख : कृषिबाट बार्षिक ८ देखि १० लाख सम्म आम्दानी

| २०७९ सावन १३ गते १४: १७ मा प्रकाशित

अर्जुन भुसाल ,अर्घाखाँची। सबैका बारीमा याे बेला मकै खेती छ । बादरकाे विगविगीले कृषकहरूलाई मकै जाेगाउन हम्मेहम्मे छ ।सन्धिखर्क ८ किमडाँडाका कृषक प्रकाश नेपाली र उहाँकाे परिवारलाई बादरले मकै सखाप पर्ला भन्ने चिन्ता छैन ।

तरकारी खेती

बारी भरी गाेभी खेती छ । जङ्गली जनावरबाट खेती जाेगाउन वरिपरि जालीले घरिएकाे छ ।  नेपालीले करिव ६ राेपनी जग्गामा तरकारी खेती गर्नुभएकाे छ । 

गाेभीकाे लागि याे बेमौसमी समय हाे, प्रकाश भन्नुहुन्छ, याे बेला गाभीले राम्राे मुल्य पाउँछ । गाेभीसँगै टमाटर, काक्रा, खुर्सानी खेती गरिएकाे छ । तरकारी खेती, भैसी र बाख्राबाट वार्षिक ८ देखि १० लाख सम्म आम्दानी गर्न सकिएकाे उहाँ बताउनुहुन्छ । नेपाली  परिवार कृषिमा व्यस्त छ । बुवा टिकाराम, आमा सावित्रा,श्रीमती कमला दैनिक भैसी तथा बाख्रालाई घास काटन, तरकारी लगाउन र गाेडमेल गर्नमा व्यस्त देखिनुहुन्छ । 

कृषिमा व्यस्त

प्रकाश आफै कृषि प्राविधिक हुनुहुन्छ । उहाँ भुमिकास्थान १ र २ काे कृषि प्राविधिक हाे । जागिर गरेर बचेकाे समयमा यतिधेरै प्रगति गरेकाे देख्दा गाउले चकित पर्छन ।  बिहान, साझ र  विदाकाे दिन उहाँ बारीमै व्यस्त हुनुहुन्छ  ।  गाउँका युवाहरू प्रकाशकाे सिकाे गर्दै कृषि पेशामा आकर्षित हुन थालेका छन् ।  परिवारकाे सहयाेग र मेराे सीपले याे संभव भएकाे हाे, उहाँले भन्नुभयाे, म कृषिबाट निकै सन्तुष्ट छु,अझै बिस्तार गर्ने लक्ष्य छ ।

किमडाँडाका प्रकाश

नेपाली परिवारले कृषिबाट सहजै खर्च चलाउनुका साथै बैंक ब्यालेन्स बनाएकाे छ । कृषिबाट भएकाे आम्दानीले बजार क्षेत्रमा जग्गा समेत किन्न सकिएकाे प्रकाशका बुवा टिकारामले बताउनुभयाे । नेपालीकाे गाेठमा ९ वटा भैसी र १० वटा बाख्रा छन् । मल प्रशस्तै छ । भैसी र बाख्राकाे मलले तरकारी खेती माैलाएकाे छ । प्रकासका एक छाेरा र एक छाेरी छन् । छाेराले ३ र छाेरीले शिशु कक्षामा पढ्छिन । भाइ विकास अपांग छन् । सडक दुर्घटनाबाट अपांग भएका विकास हिडडुल गर्न सक्दैनन् । परिवारकाे मिहिनेत देखेर विकास खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्