नेकपा अर्घाखाँचीद्वारा कोणसभा सम्पन्न

| २०७९ सावन १३ गते १७: १४ मा प्रकाशित

गुरुदेब खनाल। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत चार क्रान्तिकारी पार्टीद्वारा राष्ट्रव्यापी रुपमा घोषित संघर्षका कार्यक्रम अन्तर्गत आज शन्धिखर्क अर्घाखाँचीको भक्तिटोलामा राष्ट्रघाती एमसीसी, एसपीपी, अाइपिएस र नागरिकता विधेयकको विरुद्धमा कोणसभा सम्पन्न भएको छ ।

 कोणसभालाई सम्बोधन गर्दै  नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज क.संगमले राष्ट्रघात र जनघातको विरुदमा निरन्तर संघर्ष गर्ने र राष्ट्रघाती एमसीसी लगायत अाईपिएसका कुनै पनि हस्तक्षेपकारी योजनाहरु लागू हुन नदिनेगरि नेपाली जनताको साथमा दलाल सत्तासँग अन्तिमसम्म लड्ने बताउनुभएको छ । 

त्यसैगरी नेपाललाई फिजिकरण गर्ने भारतीय निहित उदेश्यका साथ ल्याइएको राष्ट्रघाती नागरिकता विधेयकका विरुद्धमा पनि आफ्ना वास्तविक नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट बन्चित हुन नदिनेगरि संघर्ष गर्ने बताउनुभएको छ । हरि नेपालीको सञ्चालन रहेको कोणसभामा पार्टीको स्कुलिङ विभाग केन्द्रीय सदस्य क. चिन्तनले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्