अर्गानिक डिभाइन ग्रुपको सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न

| २०७९ सावन २१ गते २०: ३१ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्गानिक डिभाइन ग्रुपको आयोजनामा सम्मान कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।  

विश्वव्यापी रुपमा बढ्दै गएका दीर्घरोगीहरुको सख्यामा कमी गर्न र अतिरिक्त खाद्य पुरकको माध्यम बाट मानिसलाई स्वास्थ्य बनाउने कार्य अर्गानिक ग्रुपले सञ्चालन गर्दै आएको छ । 

कम्पनीका ग्राहक , बिक्रेता र बजार प्रतिनिधि हरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा  विष्णुप्रसाद भुसाल र शिव सागर अधिकारीलाई सिल्भर स्टार उपाधीबाट सम्मान गरिएको थियो ।  

अर्गानिक डिभाइन ग्रुपका कार्यकारी प्रमुख  डिप्लप क्षेत्रीको अध्यक्षता र दिपक अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्य, पाणिनि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम भुसाल, उद्योग वाणिज्य संघका सचिव सन्तोष बस्नेत सन्धिखर्क नगरपालिकाका वडा अध्यक्षहरु माधव श्रेष्ठ ,  रिसब अधिकारी , चेतनारायण आचार्य, नारायण खड्का , वडा सदस्य मिना ज्ञवाली ,  लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्