घरेलुु तथा साना उद्योग महासंघमा "लेकाली"

| २०७९ सावन २२ गते १५: ४३ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
 साउन २२ - नयाँ नेतृत्वको चयन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीको छैठौं साधारणसभा तथा जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले हिमबहादुर जि.सी. लेकालीको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति निर्माण गरेको छ । समितिको निवर्तमान अध्यक्षमा वालकृष्ण आचार्य,वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद भुसाल ,उपाध्यक्ष योगेन्द्र खड्का ,महासचिव रामहरि भुसाल र कोषाध्यक्षमा रमा खत्री चयन हुनुभएको छ ।यसैगरी सदस्यमा सिद्धि प्रसाद भट्टराई ,भिमबहादुर बि.क.,नवीन खनाल ,रुद्र सुनाम,जितबहादुर बि.क.,माया आले,निर्मला भुसाल रहनु भएको छ ।
यसैगरी सम्मेलनले अविना आचार्यको अध्यक्षतामा महिला समितिको चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा वसन्ता सारु,उपाध्यक्ष राधा चुँदाली,महासचिव संगम टण्डन,कोषाध्यक्ष सरस्वता क्षेत्री रहनु भएको छ ।यसैगरी सदस्यमा निर्मला जि.सी.,विजया सुनाम,अनु टण्डन,भगवता जि.एम.,ममता अधिकारी ,लक्ष्मी श्रेष्ठ र आषा के.सी. हुनुहुन्छ ।यसैगरी सम्मेलनले मञ्जु के.सी.,वसन्ता पौडेल ,रुक्मीणा पराजुली  र रीमा भुसाल लाई प्रदेश प्रतिनिधिमा छनौट गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष नेत्र पाठकले उद्योगीका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो ।उहाँले घरेलु तथा साना उद्योगको संरक्षण र प्रबर्द्धनको निम्ति बिशेष कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो । साना तथा घरेलुु उद्योगलाई नयाँ प्रबिधिको सीप,न्युन व्याजदरमा  ऋण उपलब्ध गराउनुका साथै काम गर्ने अनुकुल वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै महांघका प्रदेश महिला अध्यक्ष शान्ता शर्माले घरेलु तथा साना उद्योग देशको गहना र बिकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले घरेलुु तथा साना उद्योगमा उल्लेख्य महिला सहभागीता रहेको भन्दै त्यत्तिमा शन्तोष लिने ठाउँ भने नभएको बताउनुभयो ।अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले उद्योगी व्यवसायी चौतर्फी घेराबन्दीमा रहेको बताउनुभयो । कोभिड-१९ का कारण थला परेको उद्योग व्यवसाय अझै माथि उठ्न नसकेको उहाँको गुनासो थियो ।

कार्यक्रममा मन्तव्य राख्दै घरेलुु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मीप्रसाद दाहालले घरेलुु तथा साना उद्योग नेपालको मौलिकता र नेपालीको गौरव भएको भन्दै कार्यालयको तर्फबाट हर सहयोग गरीने प्रतिबद्धता जनाउनु भयो ।जिल्ला अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता,महिला अध्यक्ष मन्जु के.सी. को स्वागत मन्तव्य र सचिव रामहरि भुसालको संचालनमा सम्पन्न कार्यक्रममा ठुलो संख्यामा घरेलुु तथा साना उद्योगीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा अध्यक्ष बालकृष्ण आचार्यले प्रगति प्रतिबेदन र कोषाध्यक्ष रमा खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशन सम्पन्न गर्नको निम्ति शोभाखर पन्थीको अध्यक्षतामा अध्यक्ष मण्डल र प्रदिप मिश्रको अध्यक्षतामा निर्वाचन समिति निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्