कृष्ण जन्माष्टमी जर्ष्टमी)मा अर्घा दरवारमा पुग्ने भक्तजनहरुले एसियाकै अग्लो देबीको मुर्तिको दर्शन गर्न नपाउँने संकेत

| २०७९ भदौ २ गते २१: २० मा प्रकाशित

रमेश थापा ,अर्घा। भोली अर्थात भाद्र ३ गते शुक्रबार कृष्ण जन्माष्टमीमा (जर्ष्टमी) अर्घा दरवारमा भव्य तीज नाँच गाँन सहित लाखे नाच्ने दिन। जिल्लाका बिभिन्न स्थान बाट महिला दिदीबहिनी हरु अर्घा भगवती देबीको दर्शन गर्ने र तीज गित गाउँने भनेर आउँने गर्दछन। 

तर बिडम्बना अर्घामा केहि महिना अघि निर्माण गरिएको एसियाकै अग्लो देबीको मुर्तिको भने दर्शालु भक्तजनहरुले दर्शन गर्न नपाउँने संकेत देखिएको छ। भोलि कृष्ण जन्माष्टमीको लागि आज "द रेन्वो युथ क्लब अर्घाले मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। तर एकपटक कपडा नओडाई खुल्ला अवस्थामा छाडिएको एसियाकै अग्लो देबीको मुर्तिलाई अहिले भने कपडाले ढाकेर (छोपेर) राखिएको छ। मुर्तिलाई ओडाएर राखेको कपडा पनि आदि जत्ति त च्यात्तिएर गई सकेको अवस्थामा रहेको छ। 

अर्घामा निर्माण गरिएको एसियाकै अग्लो देबीको मुर्तिको उद्घाटन गर्नको लागि झन्डै एक महिना अघि देखि कपडाले ढाकेर राखेको स्थानीयहरुले बताएका छन्। तर आम जिल्लावासी र स्थानिवासीहरु मन्दिर व्यवस्थापन समितिको आलोचना पनि गरेका छन्। किनकि अर्घा भगवती मन्दिर मा मेलापर्वमा हुने बिभिद कार्यक्रमको बखत उपस्थिति हुने दर्शालु भक्तजनहरुलाई सास्ती दिंदै , मुर्तिलाई कपडा ले छोपेर राखी देबी को दर्शन गर्न बन्चित गराउँने सम्बन्धित निकायको चर्को आलोचना गरेका छन्। 

के अर्घामा भोलि अर्थात भाद्र ३ गते शुक्रबार कृष्ण जन्माष्टमी (जर्ष्टमी)को दिन मन्दिर व्यवस्थापन समितिले कपडाले ढाकेर राखेको एसियाकै अग्लो देबीको मुर्तिको कपडा खोलिदेला त ? के भोलि अर्घा भगवती मन्दिरमा दर्श गर्न पुग्ने दर्शालु भक्तजनहरुले एसियाकै अग्लो देबीको मुर्तिको दर्शन गर्न पाउलान त ? प्रश्न चिन्ह खडा भएको छ ? 

प्रतिक्रिया दिनुहोस्