सन्धिखर्क ९ अर्घा मैदान का एक पुरुष झु'ण्डि'ए'को अवस्थामा मृत फेला

| २०७९ भदौ १९ गते १४: ४९ मा प्रकाशित

 हरिश्चन्द्र बिश्वकर्मा ,अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घामा एक विवाहित पुरुष झु'ण्डिएको अवस्थामा मृ'त फेला परेका छन्। 

 अर्घामा सबैले नुवाकोटे भनेर चिनिने ५५ बर्षिय गोपाल परिवार शनिवार बिहान आफ्नै घर नजिकैको पहियाको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको स्थानीय युवा अमर परियारले बुलेटिनलाई जानकारी दिनुभएको छ। 

गोपाल परियार ऋषिपंचमिको दिन देखि घरपरिवार बाट बेपत्ता रहेका थिए ,उनि आफ्नो परिवार संग सम्पर्क बिहिन रहेपछि निजको खोजतलास तिब्र रुपमा भईरहेको थियो ,खोजतलासकै क्रममा स्थानीयहरुले शनिवार बिहान उनकै घर नजिकै रहेको बारीको पहियाको रुखमा  नाम्लोको साहयताले पासो लगाई झुण्डीएको अवस्थामा मृत अवस्थामा फेला पारेका थिए। 

 यद्यपि उनले के कारणले झुन्डिएर आ'त्म'ह'त्या गरे भन्ने बिषयमा अझै कुनै रहस्य खुल्न न सकेको प्रहरी स्रोतले जनाएको छ। नेपाल प्रहारी द्वारा घटनाको थप अनुसन्धान भईरहेको बुझिएको छ। 

मृतक गोपाल परिवार को अर्घाखाँची  जिल्ला अस्पतालमा पोष्टमार्टम पछि गच्छे घाटमा अन्तिम दाहसंस्कार गरिएको छ।  

प्रतिक्रिया दिनुहोस्