"द रेन्बो युवा क्लब अर्घा द्वारा अति बिपन्न परिवारलाई कम्बल (बलान्केट) वितरण

| २०७९ असोज २ गते १६: ५३ मा प्रकाशित

पुजा केसी ,अर्घा।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ को अर्घामा स्थापना गरिएको "द रेन्बो युवा क्लब" र शाहारा शान्ति युवा क्लबले अति बिपन्न परिवारलाई कम्बल वितरण गरेको छ। 

"द रेन्बो युवा क्लब" र शाहारा शान्ति युवा क्लबको करिव एक हप्ताका गाउँ अध्यनपछि हिंजो असोज १ गते शनिवारको दिन झन्डै ४२ घर धुरिलाइ कम्बल वितरण गरेको अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएको छ। 


बर्ष को कारण वितरणमा कठिनाइ भएता पनि बिपन्न परिवारलाई कम्बल वितरण गरिएको क्लबले बताएको छ। कम्बल वितरण कार्यक्रममा क्लब का अध्यक्ष वसन्त बि क को अध्यक्षता र स्नेहा परियार को सहयोग मन्तव्य साथै  सचिब विशाल परियार को सन्चालनमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्