नेपाल दलित मुक्तिमोर्चा सन्धिखर्क नगर कमिटीकाे बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०७९ असोज ८ गते २१: २० मा प्रकाशित

बाबूराम रसाइली ,सन्धिखर्क। नेपाल दलित मुक्तिमोर्चा सन्धिखर्क नगर कमिटीकाे बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा जिल्ला ईन्चार्ज राजेन्द्र भुसालकाे प्रमुख आतिथ्यता, प्रदेश सदस्य तथा सन्धखर्क नगर ईन्चार्ज धर्मराज भुसाल, पार्टी प्रदेश सदस्य तथा नेपाल दलित मुक्तिमोर्चा जिल्ला फ्याक्सन ईन्चार्ज राधा नेपालीकाे विशेष उपस्थितिमा सम्पन्न भएकाे हाे । 

बैठक तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भुसालले पार्टीका विभिन्न माेर्चाहरुकाे संगठन विस्तारलाई तिव्रता दिई संगठन संचालन गरेमा सिंगाे पार्टी र मार्चालाई फाईदा हुने बताउदै आगामी संघ प्रदेशकाे निर्वाचनमा पार्टीका सबै माेर्चाहरु एकढिक्का भएर अगाडि बढी निर्वाचनलाई सफल बनाउन समेत आग्रह गरेका थिए । 

त्यस्तै मन्तव्य राख्दै पार्टी प्रदेश सदस्य तथा सन्धखर्क नगर ईन्चार्ज धर्मराज भुसाल, पार्टी प्रदेश सदस्य तथा नेपाल दलित मुक्तिमोर्चा जिल्ला फ्याक्सन ईन्चार्ज राधा नेपाली, सन्धिखर्क नगर अध्यक्ष कृष्णहरी भुसाल, नेकपा माओवादीका नेता टाेपलाल बलाल, नेपाल दलित मुक्तिमोर्चा प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष सन्जु नेपाली, माेर्चा जिल्ला सचिव रामकृष्ण विक लगायतले दलित मुक्तिमोर्चाकाे संठगन नभए सम्म देशले न्याय पाउने छैन ईतिहासमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा लामाे जनयुद्ध र ऐतिहासिक महान जनयुद्ध मा दलितकाे महत्वपुर्ण याेगदान रहेकाेले जसकाे फलस्वरूप आज देशमा परिवर्तन भएकाे बताएका छन् । 

कार्यक्रममा ने.द.मु.माेर्चा सन्धखर्क नगरालिकाका १२ वटै वटाका अध्यक्ष तथा प्रतिनिधिहरुले वडा स्तरीय संगठनकाे बारेमा रिपोर्टिङ समेत राखेका थिए । कार्यक्रम नेपाल दलित मुक्ति माेर्चामा नगर अध्यक्ष मान बहादुर सुनारकाे अध्यक्षता सचिव ध्रुव परियारकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्