खाँचीकोट भगवती मन्दिरमा नि:शुल्क योगा शिबिर संचालन हुने

| २०७९ असोज १२ गते १९: ४९ मा प्रकाशित

गङ्गासागर खड्का। बडादशैंको बिषेश पावन अवसरमा अर्घाखाँचीको ऐतिहासिक शक्तीपिठ / तथा धार्मिक पर्यटकीय स्थल खाँचीकोटको भगवती मन्दिर परिसरमा योग बिशेषज्ञ आचार्य माधव पौडेल द्वारा नि:शुल्क योगा शिबिर संचालन हुने भएको छ । 

यही असोज १३ गते देखि २१ गते सम्म चल्ने योगा शिबिरमा स्थानीय लगायत नजिक/टाढाका भक्तजनहरूको ब्यापक उपस्थित हुने अनुमान गरिएको छ । 

यो सुरुवात सँगै तेहाका स्थानीय हरुमा योगा समन्धी ज्ञान आर्जन हुनुका साथै  , राम्रो र सकरात्मक सन्देश प्रवाह हुने छ । योगा गर्नाले शरिरमा धेरै फाइदा हुने बिभिन्न रोगहरु समेत निको हुने योगा प्रशिक्षक हरु बताउदै आएका छन । 

खाँचीकोटको ईतिहासमा यो कार्यक्रम भने पहिलो पटक हो । एसले समाजमा सहिष्णुता बढाउने , देखी लिएर भरपुर कुराको फाइदा हुने गर्दछ । पायक पर्ने सबैलाई तेहा उपस्थित हुन तेहाका पुजारी हेमन खड्का , माधव पौडेल लगायतका गुरुहरुले सबैलाई सहर्ष आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्