खाँचीकोट भलिबल कप सम्पन्न : उपाधी लम्चा भलिबल टिमलाई

| २०७९ कार्तिक ३ गते १९: ०३ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। यही कार्तिक १ गते बाट सुरु भएको खाँचीकोट भलिबल कप आज ३ गते भब्यताका साथ सम्पन्न भयको छ । "स्वास्थ्यका लागी खेलकुद र राष्ट्रका लागी खेलकुद" भन्ने मुल नाराका साथ सुरु भएको यो प्रतियोगिता आज साझपख सम्पन्न भयको हो ।

खेलमा जिल्ला भरि बाट १८ वटा टिमले सहभागिता जनाएका थिए । खेलाडीको जोश र जाँगर , दर्शक हरुको खचाखच भिड र आयोजकको बिषेश ब्यवस्थापनका साथ यो खेल अत्यन्तै मर्यादित र व्यवस्थित तरिका बाट सम्पन्न भयको छ । 

जुन खेलमा लम्चा भलिबल टिमले आफ्नो उत्कृष्ट खेल र मेहनत प्रदर्शन गर्दै खाँचीकोट कपको उत्कृष्ट पुरस्कार र ट्रफी उचाल्न सफल भयको छ । 

यो प्रतियोगितमा प्रथम: लम्चा भलिबल टिम । दित्तीय : खाँचीकोट आयोजक टिम( A ) तृतिय डिभर्ना भलिबल क्लवले जित हाता पारे । 

कार्तिक १ गते बिषेश उद्घाटनका साथ सुरु भएको यो खेल निरन्तर ३ दिन सम्म चलेको थियो । अत्यन्तै घमाइलो र रमाइलो मौसममा हेर्ने दर्शकहरुको निकै भिड देखिन्थ्यो । प्रतियोगिता लाइ थप भब्य र सभ्य बनाउनको लागी बिभिन्न संघ संस्था/ सामाजसेवी / बुद्दीजिबी / वडा / लगायतका दाताहरुले प्रतियोगितामा पुरस्कार सौजन्य गरेका थिए । 

खेलको अन्तिम फाइनलमा लम्चा टिमका " कडप्पा" भनेर चिनेने खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए । उनले जादुमय आफ्नो खेल प्रस्तुत गर्दै दर्शकलाई चकित र अचम्म पारेका थिए । उनले दर्शकहरूको भरपुर ताली खान पनी सफल भए । 

उक्त खेलमा: 

प्रथम पुरस्कार - रु : ४०,००० (चालिस हजार ) र मेडल 
दित्तीय पुरस्कार - रु: ३०,००० ( तिस हजार) र मेडल 
तृतिय पुरस्कार - रु: २०,००० (बिस हजार) र मेडल प्रदान गरिएको थियो । 

सो खेलको आयोजना खाँचीकोट दरवार क्लव ले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्