घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बजार अनुगमनमा तिब्रता

| २०७९ पौष २७ गते १६: २० मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
पौष २७ - घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बजार अनुगमन लाई तिब्रता दिएको छ ।मंगलबार अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा जिल्लाको सितगङा पुगेको अनुगमन टोलिले ईलाका प्रहरी कार्यालय ठाडा ,शितगङा नगरपालिका ,नगरपालिका क्षेत्र  भित्रका होटल , गल्ला किराना ,फेन्सीकपडा, फलफूल तथा तरकारी पसलहरु,हाड्बेयर ,मासु पसल , मेडिकल लगायतका पसलहरु अनुगमन गरेको छ ।

अनुगमनको क्रममा केहि पसलहरु दर्तानगरी संचालन गरिएको , पसलहरुमा म्याद गुज्रेका खाध्य सामाग्रीहरु राखिएको भेटिएको थियो ।यसरी दर्ता नगरी संचालन गरिएका ब्याबसायि हरुलाइ १५ दिन भित्र दर्ता गर्ने टाइम दिएको छ भने म्याद गुज्रेका सामाग्रीहरुलाइ नस्ट गरिएको छ।

 अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका उधोग अधिकृत सन्तोष खनाल,सितगङा नगरपालिका राजस्व शाखा प्रमुख कमल पन्थी ,ईलाका प्रहरी कार्यालय ठाडाका( सप्रनी)रबिन्द्र कट्टेल,वरिष्ठ हवलदार तोप बहादुर नेपाली ,उधोग बिकाश सहजकर्ता अरुण कुमार सिंह ,कार्यालय सहयोगी हरि खनाल तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्