घरेलु तथा सानाउधोग बिकास कार्यालय अर्घाखाँचीद्वारा अनुगमन तथा निरीक्षणमा तिब्रता

| २०७९ माघ १७ गते २०: ५६ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। घरेलु तथा सानाउधोग बिकास कार्यालय अर्घाखाँचीको अगुवाइमा जिल्लामा संचालित केही साना तथा मझौला उधोगहरुको अनुगमन तथा निरीक्षण गरिएको छ ।

अर्घाखाँचीद्वारा अनुगमन तथा निरीक्षणमा  तिब्रता

मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहायक प्रमुख जिल्ला अधिकारी  मेघनाथ पाध्यको नेतृत्वमा गएको टोलिले जिल्लामा संचालित अर्घा मिनरल वाटर प्राली,अर्घाखाँची दुग्ध उधोग,सगरमाथा स्वादिस्ट दालमोठ उधोग सनपा -२ तथा गाहा चाउमिन तथा बेकरी ,लक्ष्मी बेकरी तथा चाउमिन उधोग सनपा .१ मा अनुगमन तथा निरीक्षण गरेको छ ।

सनपा .१ मा अनुगमन तथा निरीक्षण

निरीक्षणको क्रममा केही उधोग नियमानुसार संचालन भए पनि केही उधोग हरुमा नियम अनुसार संचालन नदेखिएको १५ दिने सूचना अनुसार नियमन गर्न निर्देशन दिएको छ ।

अनुगमन तथा निरीक्षण

अनुगमनमा घरेलु तथा साना उधोग बिकाश कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनाल , सन्धिखर्क नगरपालिकाका अधिकृत बालबहादुर क्षेत्री  जिल्ला प्रहरीकार्यालयका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्