सन्धिखर्क नगरपालिकाद्वारा ५०% अनुदानमा कृषि उपकरणहरु हस्तान्तरण

| २०७९ चैत २३ गते ०७: २९ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका कृषि बिकास शाखाको आयोजनामा आब. ०७९/०८० को स्वीकृत कार्यक्रम अन्तरगत ५० थान प्रति थान रु.१९९०० कुटानीपिसानी मिल तथा ३३ थान प्रति  थान रु.२९९५० हाते ट्याक्टर नगर भित्रका कृषिफर्म तथा कृषकहरु लाई हस्तान्तरण गरिएको छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख कृष्ण प्रसाद  श्रेष्ठले जमाना आधुनिकतामा अधि बढेको भन्दै जब सम्म  यान्त्रिक उपकरणहरु किसानहरुको खेतबारीमा पुग्दैन तब सम्म बैज्ञानिक ढंगले कृषिक्षेत्रको बिकास सम्भब हुन नसक्ने उल्लेख गर्दै आगामी दिनहरुमा आफ्नो पालिका भित्रका सम्पुर्ण कृषकहरु लाई  कृषिक्षेत्रमा प्रयोग हुने उपकरण  उपलब्ध गराउने प्रतिबद्धा ब्याक्त गरेका थिय ।
 
कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उपप्रमुख मिश्रा आचार्य , प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल , कृषि बिकास शाखा प्रमुख राजेन्द्र भट्टराई , विभिन्न शाखाका प्रमुखहरु , नगरपालिका स्थित विभिन्न कृषिफर्मका संचालकहरु ,अगुवा कृषकहरु , पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायतको उपस्थित रहेको थियो ।
 
कार्यक्रम नगरउपप्रमुख मिश्रा आचार्यको अध्यक्षता तथा कृषि बिकास शाखा प्रमुख राजेन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्