किमडाँडामा महिला सशक्तीकरण तालिम आज देखि शुरु

| २०७९ चैत २३ गते १७: ३७ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क 
२३ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाडामा २ दिने महिला सशक्तीकरण तालिम आज देखि शुरु भएको छ । 

तालिमको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सबै तहमा महिलाको नेतृत्व आबश्यक रहेको बताउनु भयो । समाजका कुनाकुनमा रहेका महिलाको शसक्तिकरणका लागि महिलाले काम गरिरहेको बताउनु भयो । 

नगर उपप्रमुख मिश्रा आचार्यले आर्थिक उपार्जनका कार्यमा बढी जोड दिन महिलाहरुलाई आग्रह गर्नु भयो । उहाँले आय आर्जनका काम गरेर आर्थिक उपार्जनका कााम गर्न सके महिला हिंसा पनि कमी हुने बताउनु भयो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य कृष्णा भुसाल, लिला भुसाल, वडा सदस्य कृष्ण प्रसाद पराजुली, जनता कृष्ण माध्यमिक विद्यालयका प्रधनाध्यापक यम प्रसाद शर्मा, तालिमका सहजकर्ताहरु जगन्नाथ भुसाल, कुल बहादुर नेपाली, किमडाडा स्वास्थ्य चौकीका प्रमुख प्रकाश परियार, यादव पाण्डे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार अर्जुन भुसाल लगायतको उपस्थिति रहेको थियो । 

उद्धाटन कार्यक्रम वडा अध्यक्ष हुम प्रसाद बन्जाडेको अध्यक्षता, सदस्य कृष्णा भुसालको स्वागत मन्तब्य र वडा सचिव अनिल पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्