अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र सन्धिखर्कद्वारा महिला स्वास्थ्य स्वयं सेबिकाहरु लाई एक दिने तालीम

| २०७९ चैत २७ गते १५: ३१ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
अर्घाखाँची चैत्र २७- अर्घाखाँची आर्युबेद स्वास्थ केन्द सन्धिखर्कले सन्धिखर्क नगरपालिका वडा न.१ र २ मा कार्यरत महिला  स्वास्थ्य स्वयं सेविकाहरु लाई एक दिने स्वास्थकर जीवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागी भान्सा सुधार कार्यक्रम संचालन गरेको छ ।

महिला स्वास्थ्य स्वयं सेबिकाहरु लाई एक दिने तालीम

केन्द्रले सोमबार अर्घाखाँची आर्युबेद  स्वास्थ केन्द्रकि  संचालक समितिकि महिला सदस्य कमला खनाल भन्डारीको प्रमुख आतिथ्यतामा  आयोजित  उदघाटन कार्यक्रममा अस्पताल ब्याबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भुसाल ,  केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य ,आर्युबेद चिकित्सक डा. अनिता भुसाल , सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख  पुर्ण पराजुली नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , कार्यालयका कर्मचारी तथा महिला स्वास्थ स्वमसेबिका हरुको उपस्थित रहेको थियोे ।

महिला स्वास्थ्य स्वयं सेबिकाहरु लाई तालीम संचालन 

कार्यक्रम अस्पताल बिकाश समितिका अध्यक्ष कृष्ण प्रसाद भुसाल को अध्यक्षता निमित्त कार्यलय प्रमुख कमल प्रसाद आचार्यको स्वागत मन्तव्य तथा बैध पशुपति पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

महिला स्वास्थ्य स्वयं सेबिकाहरु लाई एक दिने तालीम

 

प्रतिक्रिया दिनुहोस्