अर्घाखाँची आवासीय माविको ३४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

| २०७९ चैत २९ गते १५: ५५ मा प्रकाशित

 सन्धिखर्क।अर्घाखाँची जिल्लाको अग्रणी शैक्षिक संस्था अर्घाखाँची आवासीय मा. वि., सन्धिखर्क-२, वेलबाटिका, अर्घाखाँचीको ३४औं वार्षिकोत्सब तथा अभिभावक दिवस भव्यताकासाथ सम्पन्न भएको छ ।

३४औं वार्षिकोत्सब तथा अभिभावक दिवस

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले गर्नुभएको थियोे भने विशिष्ट आतिथ्यता सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले गर्नु भएको थियो ।  

उपप्रमुख मिश्रा आचार्य

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक श्रीकृष्ण भुसालले सहभागीहरूलाई  स्वागत गर्दै  विद्यालय निजी लगानीमा सञ्चालन भएको भएपनि शैक्षिक गूठी अन्तर्गत सञ्चालित भएकोले नाफमुलक नभई विशुद्ध सेवा मुलुक भएको बताउनु भयो ।  

श्री कृष्ण भुसाल

साथै विद्यालयका प्रिन्सिपल चोपनारायण बन्जाडेले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्दै विद्यालयले आगामी वर्ष शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने, पुस्तकालय, प्रयोगशाला लगायतका सुविधाहरूलाई थप व्यवस्थित गर्ने, प्राविधिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका योजनाहरू प्रस्तुत गर्नुभयो ।
 
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले विद्यालयको उपलब्धिको प्रसंसा गर्दै विद्यालयको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्याब्सन अर्घाखाँचीका अध्यक्ष कमल बेल्वासे, विद्यालयका अभिवावक तथा पूर्व विद्यार्थी लिला बराल र कक्षा ९ का विद्यार्थी दीपा भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
 
समारोहमा शैक्षिक वर्ष २०७८ र २०७९ को कक्षा प्रथम, द्वितीय र तृतीय हुने र विभिन्न विधाहरूमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै वार्षिकोत्सबलाई लक्षित गरी सञ्चालन गरिएका विभिन्न खेलहरू तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र अभिभावकहरूलाई कप , मेडल र ट्रफी प्रदान गरिएको थियोे ।

अभिभावकहरू

विद्यालयको प्रतिनिधित्व गर्दै  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता लगायत अन्य खेल तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विद्यालयको पहिचान तथा गौरवलाई थप उचाइमा लग्न महत्त्वपूर्ण भूमिका खेल्ने छात्रछात्राहरूलाई  "प्राइड अफ वेलवाटिका अवार्ड ( Pride of Belbatika Award )" बाट सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालका सेवा निवृत्त शिक्षक कमला पोख्रेल र कार्यालय सहयोगी यमलाल भुसाललाई सम्मान गरिएको थियो ।

 सम्मान

 

मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै  कार्यक्रमका प्रमुख र विशिष्ट अतिथिहरूबाट विद्यालयले विभिन्न क्षेत्रहरूमा गरेको योगदान र उपलब्धिको निम्ति हार्दिक बधाई तथा धन्यवाद सहित संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुका साथै विद्यालयका हरेक सकारात्मक पहलहरूमा आफूहरूको सधैं साथ रहने बताउनु भयो ।

झन्डै पाँच घण्टा सञ्चालन भएको उक्त कार्यक्रमको बीचबिचमा विद्यार्थी र शिक्षिकाहरूबाट मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्