टोप बहादुर रायमाझीका पुर्व प्रेस संयोजक भुसालले गरे एमाले परित्याग

| २०८० बैशाख १ गते २१: २४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। एमालेका केन्द्रिय सचिव टोप बहादुर रायमाझीका पुर्व प्रेस संयोजक अर्जुन भुसालले एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक संजाल मार्फत भुसालले एमाले त्यागेको घोंषणा गरेका हुन् ।

रायमाझी उर्जामन्त्री हुँदा भुसाल प्रेस संयोजक थिए । नयाँ वर्षको शुभकामना दिंदै उनले आजैदेखी पार्टी छोडेको उल्लेख गरेका छन् । उनले लेखेका छन्- सबै खाले राजनीतिक आबद्धता त्यागी अबदेखि पूर्ण स्वतन्त्र भएको घोषणा गर्दछु । पत्रकार, कृषक र कानुन व्यवसायीको रूपमा भेट हुने नै छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

टोप बहादुर रायमाझीका प्रेस संयोजकका अलावा उनी प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य, एमाले लुम्बिनी प्रदेशका प्रचार प्रसार विभाग सदस्य, सन्धिखर्क विशेष ईलाका कमिटी उपसचिव, अखिल जिल्ला सदस्य, जनसास्कृतिक महासंघ लगायतका पदमा बसेर काम गरिसकेका व्यक्ती हुन् । २०६५ सालदेखी एमालेमा क्रियाशिल रहेका भुसालले पत्रकारिता र कानुन विषयमा स्नातकोत्तर (डिग्री) गरेका छन् ।

अर्घाखाँची पोस्टसंगको कुराकानीमा उनले अब आफु स्वतनत्र भएको र स्वतन्त्र नै रहेर समाजमा स्थापित हुने बताए । पार्टी र पार्टीका गतिविधीमा जनता असन्तुष्ट रहेकाले आफु पनि त्यही जनताको कित्तामा उभिएको उनको तर्क छ । उनले सबैलाई पार्टीको झोला त्यागेर आम नागरिक भएर बाँच्न आग्रह समेत गरे।

फेरी कुनै पार्टीमा आबद्ध हुनेपरिस्थिती बने आफु पत्रकार महासंघको सदस्य त्यागेर मात्र आउने बताए । ‘अहिले कुनै पार्टीमा जाने विचार छैन,भुसालले भने,‘कृषी पेशा, पत्रकारितामा केन्द्रित हुनेछु । जानु पर्ने परिस्थिती भएछ भने अन्य पद त्यागेर राजनिती गरौंला ।’

प्रतिक्रिया दिनुहोस्