घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा बजार अनुगमन तथा निरीक्षण

| २०८० बैशाख ६ गते १९: ५६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 बैशाख  ६ - घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा बजार अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बजार अनुगमन तथा निरीक्षण 

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजना तथा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयोजनमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा न.६ र ७ का घुम्ती , नरपानी , सुपादेउराली , वडा न. ६ को  वडा कार्यालय तथा सितगङा नगरपालिकाको वडा न.२ स्थित लाहुरे बजार  जिल्लाको धार्मिक तथा पर्यट्किय स्थानमा २१ वटा ब्याबसाय तथा एक कार्यालय गरि कुल २२ स्थानमा अनुगमन गरिएको छ अनुगमनको क्रममामा ब्याबसायमा अखाध्य म्याद गुग्रेका सामान भने भेटिएको थिएन ,तर कुनै ब्याबसायीहरुका ब्याबसाय  दर्ता तथा  नवीकरण नभएकाको देखिएकोले उक्त ब्याबसायी  हकमा ७ दिन  म्याद दिई आबश्यक राय सल्लाह सुझाव दिइएको थियो ।

बजार अनुगमन तथा निरीक्षण !

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको चालु आ.ब.०७९/८० को बाषिक स्वीकृत कार्यक्रम अन्तरगत अनुगमन तथा निरीक्षण गरिएको हो ।बुधबार  अनुगमन समितिका जिल्ला संयोजक सहायक प्रमुख जिल्ला  अधिकारी मेघनाथ पाध्याको नेतृत्वमा गरेको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनाल , सन्धिखर्क नगरपालिका राजस्व शाखाका प्रमुख अधिकृत मुक्तिराम खनाल ,जिल्ला प्रहरी कार्यालयका प्र.स.नि.भिम बहादुर कुवर, घरेलु तथा साना उधोग कार्यालयका कर्मचारीहरु हुम बहादुर बिक, हरि प्रसाद खनाल केशव केसि, तेज बहादुर सारु तथा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

अनुगमन तथा निरीक्षण 

 

प्रतिक्रिया दिनुहोस्