लायन्स क्लबकाे आयोजनामा अर्घाखाँचीमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना

| २०८० बैशाख ८ गते १९: ४२ मा प्रकाशित

प्रदिप आचार्य ,अर्घाखाँची। "स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद " भन्ने  मुल नाराका साथ लायन्स क्लब अफ अर्घाखाँची को आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । 

आज बाट सुरुवात गरिएको खेलकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । 
 
उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल , सन्धिखर्क नगरपालिका प्रसासकिय अधिकृत खुमलाल भुसाल,  सन्धिखर्क नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष माधब श्रेष्ठ , सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का  सामुदायिक ब्याडमिन्टन कवर्ड हलका अध्यक्ष ठाकुर श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियोे । 

कार्यक्रम लायन्स क्लब अफ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, सदस्य दुर्गा बिकको स्वागत मन्तव्य र  बरिस्ठ उपाध्यक्ष प्रकाश परियारकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्