पुर्व वडा सदस्य भेषराज क्षेत्रि लगायतको समुह निरन्तर डढेलो नियन्त्रणमा: नवनिर्वाचित जनप्रतिनिधिकोअत्तोपत्तो छैन ,स्थानीय

| २०८० बैशाख ८ गते २०: २२ मा प्रकाशित

सुदिप भट्टराई ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका  वडा नं १०  मा रहेका  मिनीकोट र तल्लो उचल्दी लगायतका बस्ती नजिकैको जंगलमा हिंजो देखि भिषण  आगलागी भईरहेको छ।

उक्त जंगलमा हिंजो देखि लागेको डढेलो आज बिहान केहि नियन्त्रणमा आएता पनि पुन अहिले साँझ देखि  डढेलो नियन्त्रण भन्दा बाहिर गएको छ। 

डढेलो नियन्त्रणका लागि स्थानीयवासी र सन्धिखर्क १० का पुर्व वडा सदस्य भेषराज क्षेत्रि लगायतको समुह निरन्तर खट्टीरहेको छ। 

 पुर्व वडा सदस्य भेषराज क्षेत्रि 

तर  डढेलो नियन्त्रण भन्दा बाहिर जाँदा सम्म सन्धिखर्क १० का नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति न देख्दा स्थानीयवासी हरु आक्रोसित रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्