सन्धिखर्क १० मा महिला कृषकलाई उन्नत जातको मकैको बिउ र मल वितरण

| २०८० बैशाख ११ गते १३: ११ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० का महिला कृषकहरुलाई उन्नत हाइब्रिड जातको मकैको बिउ तथा रासायनिक मल वितरण गरिएको छ । 

वडा स्तरिय महिला सञ्जालको आयोजनामा  महिलाहरुलाई उन्नत जातको हाईब्रीड सिपी जातको मकैको बिउ र मल वितरण गरिएको महिला सञ्जालकी अध्यक्ष इन्दिरा हमालले बताउनुभयो  । 

उन्नत हाइब्रीड जातको मकैको बिउ वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले महिलाहरुलाई कृषिको माध्यमबाट आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले उत्पादन बृद्धि नभए सम्म समृद्धि नहुने भएकाले व्यवसायीक कृषि पेशामा लागेर उत्पादन बढाउन र आत्म निर्भर बन्न आग्रह गर्नभयो । 
कार्यक्रममा वडा अध्यक्ष मोहन सिंह ठकुरी, नगरपालिकाको कृषि शाखाका कृषि प्राविधिक सरिता घिमिरे, नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम वडा स्तरिय महिला सञ्जालकी अध्यक्ष इन्दिरा हमालको अध्यक्षता, सचिव मुना सिंह ठकुरीको सञ्चालन र कल्पना पन्थीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्