राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० बैशाख १२ गते १६: ४९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
बैशाख १४- रास्ट्रिय परिचयपत्र कार्यक्रम संचालन कार्यबिधी २०७७ बमोजिम जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा रास्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागको सहजीकरणमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिभागले रास्ट्रिय परिचयपत्रको बैयत्तिक तथा जैविक विवरण संकलन र परिचयपत्र विवरणको लागी जिल्ला प्रशासन कार्यालय ,आबश्यकता अनुसार ईलाका प्रशासन कार्यालय र अन्य निकायमा रास्ट्रिय परिचयपत्र इकाई स्थापना गरेको छ बिभागले पाचथर जिल्ला र सिंहदरबार परिसर बाट शुरु गरि हालसम्म १ करोड १८ लाख भन्दा बढी बितरण दर्ता गरिसकेको छ त्यसै गरि सबै जिल्ला प्रशासन कार्यालय तथा अधिकाम्स  ईलाका प्रशासन कार्यालयमा इकाई स्थापना गरि बितरण शुरु भएको छ ,मोरङ ,कपिलवस्तु ,काठमाडौ सिराहा धनुषा धादिङ बाके बारा पर्सा रौतहट महोत्तरी र लम्जुङ गरि १२ जिल्लामा अभियान संचालन भइ सकेको र ५० जिल्लामा सकियको उल्लेख गरेको छ, यसै बिच लुम्बिनी प्रदेशको गुल्मी रुपन्देही पाल्पा बर्दिया नबलपरासी रुकुम पुर्ब र दाङमा अभियान सम्पन्न भइ सकेको तथा कपिलवस्तु र बाकेमा अभियान जारी रहेको र रोल्पा प्युठान र अर्घाखाँचीमा अभियान संचालन गर्ने योजना अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताएकी छन् ।

मंगलबार कर्मचारी मिलनकेन्द्रको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला ,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई सनपा उपप्रमुख मिश्रा आचार्य , मालारानी उपाध्यक्ष दिपा पोख्रेल ,बिभागका निर्देशक सुर्य बहादुर खत्री , सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल , सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य जिल्ला स्थित शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु जिल्ला स्थित क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि सन्धिखर्क नगरपालिका भित्रका वडा अध्यक्ष तथा वडा सचीवहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षता तथा प्रशासकीय अधिकृत शरोज भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्