नरपानिको दहखोलामा बिना सुचना सडक निर्माण कार्य गर्दा सवारीसाधन र यात्रुहरुलाई सास्ती: घण्टाै सम्म बाटाे जाम

| २०८० बैशाख २० गते १३: ४४ मा प्रकाशित

बसन्त बिक ,अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ को दहखोला आसपासका क्षेत्रमा बिना सुचना सडक निर्माण कार्य गर्दा सवारीसाधन र यात्रुहरुले सास्ती भोग्नु परेको अवस्था छ। 

सडक न निर्माण कार्य गर्नु अत्यन्तै खुसिकाे कुरा हाे तर विना सुचना यसरी दिउँसोमा घण्टाै सम्म बाटाे जाम हुने गरि र ट्राफिक व्यवस्थापन नगरि निर्माण कार्यकाे थालनि गर्दा सर्वसाधारण लगायत यातायात व्यवसायीहरुमा समस्या पर्ने देखियाे । 

यस बिषयमा सम्बन्धित निकाय वा निर्माण व्यवसायी ले व्यवस्थित रुपमा काम गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्