गच्छे गैरामा नगरपालिका बाट निर्माण गरिएको छतमा रहेको ४ लाखको ट्रस्ट: उपमेयर मिश्रा प्रति स्थानीय आक्रोसित

| २०८० जेठ १३ गते १३: ५८ मा प्रकाशित

सुदिप भट्टराई,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा न १० गच्छे गैरामा रहेको श्री मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि को भवनको छतमा रहेको भर्खरै निर्मित प्रतिक्षालय (ट्रस्ट)  सन्धिखर्क नगरपालिकाको नवनिर्वाचित उपमेयर मिश्रा आचार्यको साहयतामा नगर बाट ४ लाखको बजेट विनियोजन गरी उहाँकै छोराबाट निर्माण कार्य सम्पन्न भएको छ। 

आफू सहकारीककी पूर्व संचालक समेत रहेकी र हाल उपमेयर जस्तो जिम्मेवारी पदमा रहेर जनतालाई जानकारी नदिई ट्रस्ट निर्माण गर्नु कत्तिको उचित मानिन्छ होला त्यो आम जनताले मुल्यांकन गरिने बिषय हो।  

उक्त ट्रस्ट निर्माणको टेन्डर कति बेला पास गरियो भन्ने बिषयमा पनि स्थानीयवासी हरु अनबिज्ञ रहेका छन्। स्थानीय का अनुसार उपमेयर मिश्रा आचार्यले आफु खुसि बजेट पास गरि आफ्नो छोरालाई ४ लाख मा ट्रष्ट निर्माण गर्न दिएको आरोप रहेको छ। 

प्रतिक्रिया दिनुहोस्