कुखुरा दाना चल्ला बङ्गुर बाट मनग्य आम्दानि गर्दै डिलबहादुर गुरुङ

| २०८१ जेठ ३१ गते १९: ०२ मा प्रकाशित

सुर्य प्रसाद भुसाल,सितगङ्गा । अर्घाखाँची को सितगङ्गा नगरपालिका वार्ड नम्बर ४ का एक  ब्यबसायिक किसानले  बङ्गुर  कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

जिल्लाको सितगङ्गा नगरपालिका  वार्ड नम्बर ४ का  दिल बहादुर गुरुङ व्यावसायिक बङ्गुर कुखुरा  पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका सफल ब्यबसायि हुन ।

२०६५  सालदेखि व्यावसायिक बङ्गुर  कुखुरा पालन गर्दै आइरहेका गुरुङले अहिले  वार्षिक ५० लाखसम्म आम्दानी गर्दै आइरहेका हुन ।२० हजार लगानी गरेर दुई वटा बङ्गुरबाट व्यवसाय सुरु गरेका घर्तीका अहिले डिग्रो, धराने, पोख्रेली तथा स्थानीय जात गरी २ दर्जन   बङ्गुर का पठापाठि बोईलर जातका कुखुरा  पाल्दै आइरहेका छन् । उनले भने ”सुरुमा २ वटा बङ्गुरबाट व्यवसाय सुरु गरेको हुँ । राम्रो आम्दानी हुन थालेपछि वृद्धि गर्दै आए र अहिले विभिन्न जातका २ दर्जन  बङ्गुर पालन गर्दै आइरहेको छु ।

विगतमा  पनि दाना चल्ला बईलर खुखुरा तरकारी को होलसेल ब्यबसय गरेका गुरुङ  अहिले पनि सामाजिक काममा उत्तिकै सक्रिय छन ।अरु  पसलभन्दा बङ्गुर कुखुरा दाना चल्लाबाट  बाट राम्रो आम्दानी भइरहेको गुरुङको भनाइ छ   । उनले भने ”सुरुमा बङ्गुर पालन गर्न त गाह्रो नै भयो फोहोर बढी गर्ने भएकाले कठिनाइ थियो तर आजभोलि बानी परिसके । सामान्य नै लाग्छ  बङगुरको सेवा गर्ने कर्मचारी पनि छन ।” बङ्गुर पालन  कुखुरा पालन दाना चल्ला सप्लाई सगै सामाजिक राजनीतिक सेवा ले आफ्नो जीवनयापनमा निकै परिवर्तन ल्याएको गुरुङले दाबि गरे  ।

बङ्गुर कुखुरा दाना चल्ला बजारीकरणका लागि खासै समस्या नरहेको बताउँदै उनले फर्मबाटै साना बङ्गुरका पाटापाटी ५ हजारसम्म बिक्री भइरहेको बताए । बङ्गुर पालन व्यवसायलाई अझै विस्तार र व्यवस्थित गर्ने सोचमा रहेको डिलबहादुर गुरुङ को  भनाई छ । फर्म नजिकै बजार भएकाले होटलबाट निस्कने जुठोलाई पनि दानाको रुपमा  बङगुर हेर्ने कर्मचारी ले प्रयोग गर्दै आइरहेको गुरुङले  बताए ।

आफ्नै लगानी तथा प्रयासबाट स्वरोजगार, घरपरिवार र समाजमा इज्जतका साथ बस्न पाउँदा सन्तुष्ट रहेको उनको भनाई छ । वर्षको चार पटकसम्म ब्याउने बङ्गुरले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने भएकाले व्यवसाय बढाउन खासै समस्या नहुने गुरुङको दाबि छ  । गुरुङ ले ब्यबसाय सगै राजनीति लाई पनि अगाडि बढाउदै गाउको बिकासमा खटिने नाम हो दिल बहादुर गुरुङ नेपाली काङ्ग्रेस को वार्ड सभापति बनेका गुरुङ ले सितगङ्गाको बिकासका लागि दिनरात नभनि मन्त्रालय मा पुग्ने बजेटका लागि हारगुहार गर्ने र बिकासका काम गर्नेमा अब्बल छन ।

प्रतिक्रिया दिनुहोस्