राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ले पार्टीको दाेस्राे स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने

| २०८१ असार ४ गते १४: ०६ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ले पार्टीको दाेस्राे स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ।

अर्घाखाँची जिल्ला काे सन्धिखर्क नगरपालिका मा रहेकाे रा.स.पा काे  कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै  रा.स.पा अर्घाखाँची ले स्थापना दिवसमा गर्ने विभिन्न कार्यक्रम हरु सार्वजनिक गरेको राष्टि्य स्वतन्त्र पार्टीका नेता प्रकाश चन्द्र आचार्यले जनाएका छन।

रा.स.पा अर्घाखाँची ले दाेस्राे स्थापना दिवसको अवसरमा असार ४ गते भुमिकास्थान नगरपालिका काे वडा नम्बर ४ मा निशुल्क दन्त परिक्षण शिविर,सन्चालन असार ५ गते सदरमुकाम सन्धिखर्कमा रक्तदान कार्यक्रम ,असार ६ गते वृक्षाराेपण कार्यक्रम र असार ७ गते चियापान कार्यक्रम गराउने भएको छ।

उक्त पत्रकार सम्मेलन राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति कमल मरासिनी काे अध्यक्षता र प्रकाश चन्द्र आचार्य काे सन्चालनमा सम्पन्न भएको थियोे।

प्रतिक्रिया दिनुहोस्