सन्धिखर्क १ मा आव २०८१/८२ काे वार्षिक याेजना तर्जुमा एवं सुझाव संकलन,छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८१ असार ४ गते १४: १४ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची।अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा आर्थिक वर्ष ८१/८२ काे वार्षिक याेजना तर्जुमा एंव सुझाव संकलन ,छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सन्धिखर्क नगरपालिका १मा आगामी वर्षको बजेटमा के कस्ता खालका याेजना तथा कार्यक्रम समावेश गर्न सकिन्छ भन्ने विषयमा वडा कार्यालयका जनप्रतिनिधि ,टाेल सुधार समिति अध्यक्ष तथा प्रतिनिधी तथा सराेकारवाला निकाएकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष माधव श्रेष्ठले जानकारी दिएका छन।

अध्यक्ष श्रेष्ठले आफ्नो टाेलमा हुने विकास निर्माणका काम र कार्यक्रम गुणस्तर रुपमा सम्पन्न भएका छन वा छैनन भनेर हेर्न  राम्रो र गुणस्तरीय काम सम्पन्न गर्न सबेै वडावासी लाग्नुपर्ने जनाए का छन।कार्यक्रममा वडा सदस्य बाबुराम पन्थी ,सन्तली श्रेष्ठ ,भगवती पाण्डे सुनार ,,श्रीधर मुखिया ,नेपाली काङ्ग्रेसका  शिव बहादुर भट्टराई ,एमालेका नारायण बि सि नेपाल पत्रकार महासङघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायतले मन्त्व्य राखेका थिए।

उक्त कार्यक्रम वडा अध्यक्ष माधव श्रेष्ठको अध्यक्ष्यता र वडा सचीव सीता बि.सि काे सन्चालनमा सम्पन्न भएको थियोे।

प्रतिक्रिया दिनुहोस्