सन्धिखर्क नगरपालिका

नरपानीको चुनढुङ्गा उत्खनन सदैका लागि बन्द गर्ने नेपाली काङ्ग्रेसको निर्णय: काङ्ग्रेस सधै जनताको पक्षमा छ- केशब श्रेष्ठ

२०७९ असार ५

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँचीको प्रमुख गन्तव्य स्थल आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक केन्द्र धार्मिक आस्थाको नगरी सुपादेउराली नजिकै खाँचीकोट नरपानी मा भएको चुनढुङ्गा उत्खनन पर्यावरणिय, धार्मिक सास्कृतिक र सामाजिक हिसाब ले प्रतिकुल रहेको र बाताबरण संरक्षण पर्यटन बिकास, धार्मिक एतिहासिक पुरत्तात्विक स्थलको प्रबर्द्धन र नागरिक का हकहित को संरक्षण गर्ने भन्दै नेपाली काङ्ग्रेस जिल्ला कमिटी ले यसलाई सधैको लागि बन्द गर्ने निर्णय गरेको छ, यसै सन्दर्भमा हामिले नेपाली काङ्ग्रेस का अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठलाई सम्पर्क गरेका थियौ।