शितगंगा नगरपालिका वडा नम्बर ६ ले सुत्केरीहरुलाइ पोषण आहार बितरण

| २०७८ असार १६ गते १९: ४८ मा प्रकाशित

शितगंगा। शितगंगा नगरपालका वडा नम्बर ६ ले सुत्केरीहरुलाइ पोषण कार्यक्रम अन्तरगत पोषण आहार प्रदान गरिएको छ । 

वडा नम्बर ६ मा १ बर्ष भित्रका सुतकेरी महिलाहरुलाई पोषण स्वरुप तेल तथा अण्डा बितरण गरिएको वडा अध्यक्ष ऋषि रेस्मिले जानकारी दिनु भयो  ।

सुत्केरी महिलाहरुलाइ पोषण अत्याबश्यक रहने भएकोले पनि घरमा पन खानपिनमा ख्याल पुराउनु पर्ने वडा अध्यक्ष रेस्मीले बताउनु भयो । 

सबै सुतकेरी तथा गर्ववती महिलाहरुले हरेक खानपानमा पोषणयुत्त खानेकुरा खान प्रोत्शाहन पुगोस भन्ने उदेश्यले पनि खानेतेल र अण्डा वडाका ६५ जना १ बर्ष भित्रका सुतकेरी महिलाहरुलाइ बितरण गरिएको हो कार्यक्रममा वडा सचिव वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।सितगंगा खबर बाट 

प्रतिक्रिया दिनुहोस्