सितापुरको गैरीखेतमा यसरी मनाइयो धान दिवश अर्थात असार १५ (फोटो फिचर)

| २०७८ असार १६ गते ००: ३९ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। शितगङ्गा नगरपालिकामा धान दिवस अर्थात असार १५ को अवसरमा शितगङ्गाको विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी मनाँइदैछ।

शितगङ्गा नगरपालिकामा धान दिवस

तेस्तै आज शितगङ्गा नगरपालिका वाड न २ सितापुरको गैरी खेतमा आज असार १५ को कार्यक्रममा नगर प्रमुख वाड अध्यक्ष पार्टी प्रतिनिधि कृषि शाखा प्रमुख देखि स्थानियले धान रोपेर धान दिवशको कार्यक्रम गरिएको थियो।

सितापुरको गैरीखेत

कार्यक्रममा शितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी,यसै वाड अध्यक्ष गोबर्धन थापा, कार्यपालिका सदस्य राम बहादुर दर्नाल,वाड सदस्यहरु पार्टी प्रतिनिधीहरु साथै कृषि शाखा प्रमुख अनिल शर्मा,पत्रकार स्वास्थकर्मीहरु लगायत स्थानियहरुको सहभागीतामा धान रोपाइँ भएको थियो।

सितापुरको गैरी खेतमा आज असार १५ को कार्यक्रम

कार्यक्रम स्थानिय सरकारको आर्थिक सहयोगमा सितापुर युवा क्लबको समन्वयमा विभिन्न खानाको परिकार जस्तै: दहि चिउरा,स्वाउ केरा,सेलरोटि अचार,सगुन आमन्त्रित अतिथिहरुलाई फुलमाला बाजाले स्वागत गरिएको थियो । कार्यक्रममा अधिकारी खोक लगाएर र थापाले हलो जोतेर अन्तिममा धान रोपी दिवस मनाएका थिए। 

सितापुरको गैरीखेतमा यसरी मनाइयो धान दिवश अर्थात असार १५

यो वर्ष सरकारले 'धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि' नारासहित आज असार पन्ध्र अर्थात् धान दिवस। देशभर धान रोपेर यो दिवस मनाइँ रहेको बेला सितापुरमा पनि पहिलो पटक धान दिवश मनाएका छ। आगामी दिनमा अझ रोचक सहित धान दिवस मनाउने स्थानियले बताएका छन।

सार पन्ध्र अर्थात् धान दिवस

 

प्रतिक्रिया दिनुहोस्