शितगंगा १३ द्वारा सम्पुर्ण बिद्यार्थीहरुलाई झोला बितरण

| २०७८ असार २४ गते ११: ३९ मा प्रकाशित

अराज बेल्बासे। शितगंगा नगरपालिका वडा नम्बर १३ ले वडा अध्यक्ष शौक्षिक सुधार कार्यक्रम अन्तरगत वडाका सम्पुर्ण बिद्यार्थीहरुलाई झोला बितरण गरेको छ  ।

वडा अध्यक्ष दुर्गा बिसीले एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण बिद्याथीहरुलाई झोला लगायतका शौक्षिक सामाग्री बितरण गर्नु भएको हो । एक बिद्यार्थी एक झाेला कार्यक्रम अन्तरगत वडाका बालशिक्षा देखि कक्षा १० सम्मका ७५० बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएकाे हाे ।

 यस्तै वडामा रहेका सम्पुर्ण स्वास्थ स्वयमसेविकाहरुलाई समेत सम्मान गरिएको छ । वडा अध्यक्ष बिसिले स्वास्थ  स्वयंसेविकाहरुलाइ माेवाइल सिम,झाेला ,छाता लगायतका सामाग्री बितरण गर्नु भएकाे छ ।  यस्तै वडाका कृषकहरुलाइ बिउपल र बेमौषमी फलफुलका बिरुवा बितरण गरिएकाे छ ।

झोला बितरण कार्यक्रम

वडा नम्बर १३ ले पत्रकार,वडाका उत्कृष्ट शिक्षक ,उत्कृष्ट बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,सहकारी सस्थाहरुलाइ समेत सम्मान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्