सितगंगा ४ को अवरुद्व पोखेडाँडा पतन्जली मार्ग इलाका प्रहरी कार्यालय ठाडा र स्थानीयको सहयोगमा खुल्यो

| २०७८ सावन २४ गते १६: ४२ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची  जिल्लाको  शितगंगा न.पा. वडा नं. ४ स्थित पोखेडाँडा पतन्जली मार्ग (अमराई-जुकेना) सडक खण्डमा अविरल वर्षाका कारणले बिभिन्न स्थानमा पहिरो र भेल गई सडक बिग्रिएका कारण सवारी साधनहरु अवरुद्व रहेका स्थानमा इलाका प्रहरी कार्यालय ठाडाको टिमले  सडक खुलाको छ।

बिग्रिएका  सडक 

एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरुलाई आवतजावतमा अतिनै कठिनाई भएको भन्ने आम जनगुनासो आएको र त्यसलाई मध्यनजर गर्दै स्थानीय जनसमुदायको सहभागिता सहित इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा १० जनाको प्रहरी टोली लगायत २५ जना स्थानियको बिशेष सकृयतामा उक्त सडक खण्डको बिभिन्न भागको मर्मत सम्भार गरी सवारी आवागमनमा सहज बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्