शितगङ्गामा 'ए हजुर तपाईंको मास्क खै’अभियान (तस्विर सहित)

| २०७८ भदौ १ गते १३: १६ मा प्रकाशित

झनक केसी, अर्घाखाँची। शितगङ्गा नगरपालिकाका मुख्य बजार चक्ला देखि सुपादेउराली सम्म   तपाइको माक्स खै अभियानले निरन्तरता पाएको छ।

अर्घाखाँचीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै 'ए हजुर  तपाईंको मास्क खै’ अभियान चलाइएको छ । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ मंगलबार बिहान ८:०० बजे देखि ११ बजे सम्म शितगङ्गाका मुख्य बजार चक्ला,अमराई,ठाडा,सितापुर,लाहुरेबजार,सुपादेउराली बजार माक्स बितरण सचेतना मुलक ब्यानर लगाइएको छ। 

मास्क खै अभियान 

यो अभियानमा नेपाल प्रहरी सकृय भुमिका खेलेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा सितापुर,कामना सेवा बिकाश बैंक ठाडाले सहकार्य गरेको थियो। अभियान इप्रका ठाडाका इन्चार्ज सन्दिप बेल्बासे,नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापती टेक बहादुर क्षेत्री,कामना सेवा बिकाश बैंक ठाडा शाखा प्रबन्धक बिक्रम श्रेष्ठ विभिन्न संघ सस्थामा आवद्ध प्रतिनिधि,नेपाल प्रहरी सहितको टिमले कोभिड–१९ संकट व्यवस्थापनलाई मध्यनजर गर्दै शितगङ्गाका मुख्य बजारमा ‘ए हजुर तपाईंको मास्क खै’अभियान शुरू गरेको हो ।

कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान चलाइएको हो । कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै देशै भरी हाम्रो अभियान जारी रहेको भन्दै आज शितगङ्गामा माक्स लगाउन कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको कामना सेवा बिकाश बैंकका शाखा प्रबन्धक श्रेष्ठले बताउनुभयो ।

अत्यावश्यक हिडडुल गरेका सवारी साधनलाई रोकेर माक्स नलगाई  हिड्नेलाई माक्स वितरण गरिएको र अन्य दिनहरूमा माक्स नलगाई हिड्नेलाई कारवाही गरिने बेल्बासेले बताउनुभयो । बजार क्षेत्र चक्ला  अमराई ,ठाडा,सितापुर लाहुरेबजार सुपादेउराली ब्यानर सहित परिक्रमा गरिएको थियो। मानिसको अत्याधिक चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको बेल्बासेले बताउनुभयो ।

मास्क प्रयोग नगरी हिड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको रेडक्रस उपशाखाका सभापति क्षेत्रीले बताउनुभयो । तपाइको माक्स खै अभियानमा नगरपालिका स्थित राजनितिक दलका प्रमुख,सुरक्षा निकाय,शिक्षक,पत्रकार विभिन्न कार्यालय तथा सरोकारवालाहरूको अगुवाइमा सचेतनामुलक प्लेकार्ड सहित मुख्य बजार परिक्रमा गरिएको थियो ।

विश्वभर कोरोना संक्रमणको दर बढेसँगै अर्घाखाँचीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले  भिडभाड,जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ ।

जिल्लामा साउन ३० गते देखि भदौ ८ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा दोस्रो लहरको रूपमा फैलिएको कोरोनाबाट ५७७ जना सक्रिय संक्रमित रहेका छन् ।हालसम्म ३ हजार २ सय ९४ जनाले कोरोनालाई जितेका छन भने कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्