अर्घाखाँचीमा जथाभाबी खोलिएका सडकले खेतमा लगाएको धान पुर्‍यो

| २०७८ भदौ २९ गते १९: ५८ मा प्रकाशित

अराज बेल्बासे, अर्घाखाँची : अर्घाखाँची जिल्ला धेरै बर्ष अघि नै हरेक गाबिसहरुमा सडक पुग्ने जिल्ला पनि हो । तर आवश्यकता भन्दा बढी सडक निमार्णले वातावरण तथा खेती योग्य जमिनमा नोक्सानी गर्ने गरेको छ । शितगंगा नगरपालिकामा सबै वडा छुने प्रमुख ४ वटा सडक छन ।

जस मध्ये सितापुर मन्द्रे सडक खण्ड ३० किमिले वडा नम्बर १ ,२ र ३ को अधिकांश स्थानमा पुग्ने मुख्य सडक हो भने ठाडा ,ऐरावती २८ किमी सडक वडा नम्बर ४,५,६,७ का स्थानमा पुग्ने मुख्य सडक हो यस्तै चाक्ला धानखोला सडक खण्डको ११ किमी कालो पत्रे र बाँकी ४८ किमी सडक ले वडा नम्बर ९, १० र ११ जोडने मुख्य सडक  छ भने भेडामारा सिमलपानी सडक ३२ किमी सडक वडा नम्बर १३ र १४ जोड्ने मुख्य सडक हुन भने अधिकांश जनताले प्रयोग गर्न सडक यिनै हुन  तर यि बाहेक पनि रहर र पँहुचका आधारमा शितगंगा नगरपालिकामा साना ठुला २५० अन्य सडक हरु निमार्ण भएका छन जस मध्ये २ दर्जन बढी सडक निमार्ण मात्र भए प्रयोगमा समेत आउन नपाउदै बेबारिसे भएका छन ।

एकै गाँउमा पुग्ने बिभिन्न स्थानहरुबाट खोलिएका सडकहरुमा सडक खन्ने र बजेट सक्ने काम मात्र भएका छन । शितगंगा नगरपालिका ४ का खिम बहादुर बेल्बासेको वर्ष भरी घासँ काट्ने ख¥यान अहिले १ हप्तालाइ पुग्दैन जुकेना शिबादह जाने सडक बर्बोट बाट सञ्चालनमा रहेको बेला खासै प्रभाव नपरे पनि उत्त स्थानमा जाने अर्को नयाँ सडक सञ्चालन गर्दा माथिको जमिन खन्दा र तलको जमिन सडक खनेको माटोले पुर्दा अहिले  प्रयोग बिहिन जस्तै भएको छ ।

यस्तै शितगंगा नगरपालिका ४ पोखेडाँडाका पुनाराम पौडेलले काम्ले खोलामा सडक माथी र तल रहेको खेतमा उब्जिएको अन्नले घरपरिवार लाई करिव बर्ष भर खान पुग्ने खेत थियो तर एउटा बाटो हुँदाहुँदैै अर्कोबाटो खोल्दा उनको दुबै खेत पुरिएका छन सडक खन्दा माटो फालेको स्थान नाङगै हुँदा पानी बग्ने खोलो भन्दा पौडेलको खेत अहिले भेल बग्ने दोल्सामा परिणत भएको छ ।

यस्तै शितगंगा नगरपालिका २ को सिर्ख गाउमा १० औ बर्ष देखि सञ्चालनमा आएको सडक हुँदा हुर्दै पुन अर्को सडक खन्दा बर्षाको समयमा सडक खन्दाको माटो बगेर खेतमा जम्मा हुँदा शितगंगा २ का प्रकास क्षेत्रीले १ हप्ता सम्म लगाएर हजारौ रकम खर्च गरेर खोपेको धान खेतीमा अहिले हिलो जम्मा भएर पुरेको छ । जथाभाबी खनिएका सडकहरुका कारण बर्षेनी लाखौको धनमालको क्षति हुने गरे पनि त्यसको रोकथाम तर्फ खासै चासो दिएको पाइदैन नत क्षति भएकाहरुले राहत पाएका छन ।

जनताको चाहना भन्दै जनप्रतिनिधी समेत नँया सडक निमार्णमा हरेक बर्ष बजेट खर्च गरिरहेका छन । शितगंगा नगरपालिकाको मुख्य बजेट सडक निमार्ण र मर्मतमा खर्च हुने गरेको छ । नगरपालिकामा अधिकांश सडक भने कच्ची रहेका छन ।  नगरका गौरबका रुपमा लिइएका मुख्य ४ सडक समेत १२ महिना सजिलै गाडी चल्न सक्दैन्न तर नगरपालिकाले बर्षेनी करोडौ रकम खर्च गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्