नेकपा (एस) शितगंगामा भेला तथा कमिटि गठन सम्पन्न , चहलपहल बढायो

| २०७८ असोज ७ गते २०: १३ मा प्रकाशित

विक्रम आचार्य, शितगंगा ।नेकपा एकिकृत समाजवादीले शितगंगा नगरपालिका विभिन्न वडाहरुमा आफ्नो एजेण्डा सहित कार्यकता भेटघाट, अन्तरकृया, भेला तथा कमिटि गठन गर्दै पार्टीका कार्यक्रमलाई शितगंगामा चहलपहल बढाएको छ ।

आज वडा नं. ६ मा कमल आचार्यको नेतृत्वमा ६१ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं. ४ बाट कृष्ण चौवानको नेतृत्वमा २५ सदस्सिय कमिटी गठन भएको छ ।

कार्यक्रममा एकिकृत समाजवादीका नेता तथा प्रदेश कमिटि सदस्य पिताम्वर भुसालको प्रमुख आतिथ्यता प्रदेश कमिटि सदस्य पिताम्वर सारुको विषेश आतिथ्यता तथा जिल्ला कमिटि सदस्य तथा नगर इन्चार्ज नारायण शर्मा, जिल्ला सदस्य शेरवहादुर थापा, कपिलवस्तु जिल्ला कमिटि सदस्य दिपक अनुरागि, पिपुल्स भोलेन्टियरका जिल्ला उपाध्यक्ष शुशिल भट्टराई लगायत अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अथिति पिताम्बर भुसालले कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्‍याउनका लागि नेकपा समाजवादीमा गोलवन्द हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वोल्दै विषेश अथिति पिताम्बर सारुले हामीले संघर्स गरेर एमाले बनायका थियौ अब समाजवादि पार्टी पनि मजवुत बलियो बनाउने दाबी गर्नुभयो ।

कार्यक्रम शुशिल भट्टराईको स्वागत मनतव्य, विक्रम आचार्यको सञ्चालन र गोविन्द पोख्रेलको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्