नेपालकै प्रसिद्ध मन्दिर सुपा देउराली मन्दिरको फेदिमा नवदुर्गा भगवती मन्दिरको प्राण प्रतिस्ठापन कार्यक्रम सम्पन्न

| २०७८ असोज २२ गते ११: ०४ मा प्रकाशित

झनक केसी,अर्घाखाँची।
असोज २२- सुपादेउरालि मन्दिरको फेदिमा नव दुर्गा भगवती मन्दिरको प्राण प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ।

श्री सुपादेउराली मन्दिर अन्तरगत महाकाली महालक्ष्मी महासरस्वती अन्तरगत महालक्ष्मीको रुपमा निर्माण गरिएको सुपा नवदुर्गा भगवती मन्दिरको प्राण प्रतिस्ठापन कार्यक्रम विविध कार्यक्रम गरि सम्पन्न भएको छ। कार्यक्रममा दाङ्गको लमही नगरपालिका वडा न १ मा बस्ने माता कुन्ता ओलिको निजि लगानिमा निर्माण भएको सो मन्दिरमा आज महालक्ष्मिको विशेष पुजा गरि गणेश,दुर्गामाता,शिवजि भगवानको अनावरण गरिएको थियो। 

कार्यक्रममा अध्यक्ष स्थानिय  गणेश थापाले गरेका थिए. अतिथीहरु लमही गाउपालिका वाड न.१ नुम राज पौडेल,तन्त्र गुरु पदम बस्नेत,दाङ्ग १५ तन्त्र गुरु गंग बहादुर महरा राप्ती गा.पा ५ सन्धिखर्क नगरपालिका वाड न ७ का वाड अध्यक्ष पृतम थापा,शितगङ्गा नगरपालिका वाड न २ का अध्यक्ष गोबर्धन थापा, वाड न ४ का अध्यक्ष दामु अधिकारी,सुपादेउराली मुल समितिका सचिब यादब घिमिरे,इप्रका ठाडाका प्रमुख सन्दिप बेल्बासे,विभिन्न संघ सस्थाका प्रतिनिधीहरु,पत्रकार समाजसेवी धार्मिकमा आस्था राख्ने शुभचिन्तक दाङ्गबाट सयौको संख्यामा आएका भक्तजनहरुको उपस्तिथिमा कार्यक्रम सफल भएको कार्यक्रम संचालक हरि खनालले बताएका छन। मन्दिर बनाउदा देखि अहोरात्र खटेर माताहरुलाई सदैव सहयोग र सपोर्ट गर्ने स्थानिय ब्याक्तित्व जिव नारायण थापा,नयासोच युवा समूहले स्वयम सेवकको भुमिका बाधेको थियो। कलस यात्रामा स्थानीय महिलाहरुले गरेका थिए। तेस्तै कार्यक्रममा विभिन्न सहयोग गरि ब्यबस्थापनको जिम्मामा खटिने नवदुर्गा भवानि मन्दिर समितिका अध्यक्ष गणेश थापा,उपाध्यक्ष शान्ती देवि घिमिरे,सचिव नारायण थापा (रोयल) कोषाध्यक्ष जिवनारायण थापा,सद्स्यहरुको अरोरात्र खटेर मन्दिरलाई थप ब्यबस्थापन गर्दै लैजाने अध्यक्ष थापाले बताए।

नव दुर्गा भगवती मन्दिरको उद्घाटन त्रिशुल शिलान्यास मुर्ती प्राण प्रतिष्ठा सुपादेउराली परिकर्मा गरि कार्यक्रम सम्पन भएको थियो।

प्रतिक्रिया दिनुहोस्