शितगंगामा राति सम्म चाउँचाउँ खाँदै मतदाता नावावली बनाउँने पालाे कुर्दै :मेयर काठमाण्डौको १४ औँ अधिबेशनमा रमाउँदै

| २०७८ मंसिर २५ गते ०४: ५८ मा प्रकाशित

अर्घाखाँची। फाेटाे सहितकाे मतदाता नामावली संकलनकाे लागि शितगंगामा आएकाे टाेलीकाे जनशक्ति कम भएकाकारण काम सुस्त हुँदा टाढा टाढा बाट आएका स्थानीयले सास्थी भाेगेका छन । 

शितगंगा नगरपालिका ८ का २७ जना दाङ कपिलवस्तु  हुँदै मतदाता नामावली दर्ता गर्न नगरपालिकाकाे कार्यलयमा बिहानै आए तर रातिकाे ९ बजे सम्म चिसाेमा कठङ्रिदै पालाे कुरी रहेका छन । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले मंसिर १७ गते देखि २६ गते सम्मकाे लागि छुटेकनहरुकाे नाम संकलन गर्न अभियान चलाए पनि ब्यवस्थापन कमजाेर हुँदा दर्ता गर्न आउनेहरुले सास्ती खेप्न बाध्य भएका छन । शितगंगा नगरपालिका भाैगाेलिक रुपमा देशकै ठुलाे नगरपालिका हाे तर सम्पर्क कार्यालय नगरपालिकाकाे भवनमै रहेकाेले टाढा बाट आउनेले  सास्ती खेप्नुपरेको  हाे ।

शितगंगा नगरपालिकाले बिकटता हेरि वडा अनुसार दर्ताकाे सहजिकरण गरेकाे भए  यसरी सास्ती हुने थिए दर्तामा लागि आएकाे हरुले गुनासाे गरे । राति ९ बजे सम्म काम नसकिएकाहरु करिव ४ घण्टा लाग्ने सडक पार गरेर  घर पुग्दा बिहानै  हुने भन्दै मताधिकारकाे लागि आफ्नै नगरमा दर्ता गराउन २ दिनसमय लागेकाे भन्दै दुख पाेखे ।

सितगंगा  नगरपालिकाका मेयर  नेपाली कांग्रेश को १४ औँ अधिबेशनका लागी काठमाण्डौ पुगेका छन्। राति १०/११ बजे सम्म  नामावली दर्ता गर्न चाउचाउ खाँदै मतदाता नावावली गर्न रात भर सास्ती भोगी रहेका छन्। तर मेयर सर भने जनताको कुनै मर्म स्पर्स न बुझी आफ्नो स्वार्थका लागि काठमाण्डौमा नेपाली कांग्रेश को १४ औँ अधिबेशनमा रमाईरहेका छन्। हिंजो मात्र नामावली दर्ता गराउँन पालिकाका बिभिन्न क्षेत्र बाट ६/७ जिप जनताहरु आफ्नो नामावली दर्ता गर्न सम्बन्धित स्थान मा पुगेका थिए तर कर्मचारीको अभावको कारण सितगंगावासीले चरम सास्ती भोग्नु परेको अवस्था छ। नामावली दर्ता गर्न मात्र एक जना कर्मचारी खट्टीएको खबर प्राप्त भएको छ। 

पालिका र मेयर सरको व्यवस्थापनको कम्जोरिका कारण पालिकावासीले मध्य रात सम्म नामम्वाली दर्ता गराउँन सास्ती भोग्न परेको पालिकावासी वताउँछन्। 

प्रतिक्रिया दिनुहोस्