शितगङ्गा नगरपालिका विभिन्न वार्डका बिपन्न परिवारलाई न्यानाे कपडा वितरण

| २०७८ पौष १२ गते ०४: ०२ मा प्रकाशित

झनक केसि,अर्घाखाँची। शितगङ्गा नगरपालिका वार्ड न ११ का बिपन्न परिवारलाई न्यानाे कपडा वितरण गरिएको छ।

रबिन हुड आर्मिकाे आर्थिक सहयोगमा दिगाे बिकासका लागि सामाजिक अभियान काठमाडौको आयोजनामा आज शितगंगा नगरपालिका वडा न ११ का माैवाबारि र खयरभट्टिका असाय, अशक्त,बृद्ध र बिपन्न परिवारलाई कम्बल र न्यानाे कपडा बितरण गरिएकाे छ।

दिगाे बिकासका लागि सामाजिक अभियानका सञ्चालक सदस्य नवराज भुसालको अध्यक्षयता,११ न वडाका वडा सदस्य छुमकला पल्लीकाे प्रमुख आतिथ्यता,वडा सदस्य ईन्द्र  बहादुर पल्लीकाे विशिष्ट आतिथ्यता स्थानीय समाजसेवि झबिन्द्र खनाल, बुद्धि बहादुर नेपालि ,टिकाराम भट्टराई, कर्ण बहादुर कुवर ,पृथ्वी गाहा , शुक्रराज गाहा र रेशम नेपाली लगाएतकाे उपस्थितिमा भएकाे कार्यक्रमकाे  बुद्धि बहादुर नेपाली र प्रकाश पल्लीकाे स्वागत र डाेल बिक्रम पल्लीकाे सञ्चालनमा सम्पन्न भएकाे थियो । त्यसैगरी  पाैष १२ गते ढुङ्गेसेरा,टिक्करि,बग्र र माझाखाडामा न्यानाे कपडा वितरण गरिने भुषालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्