अर्घाखाँचीको डोटेमा यात्रु बहाक बस र कार एक आपसमा ठोक्किँदा दुर्घटना (तस्विर भिडियो सहित)

| २०७८ पौष १२ गते १३: ५५ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका डोटेको जंगलमा बस र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। 

बुटवल बाट सन्धिखर्क आउँदै गरेको लु १ ख ५७५८ नम्बरको यात्रु बहाक बस र सुपादेउराली दर्शन गरेर बुटवल तर्फ जाँदै गरेको (अंटेस्ट ) लु ०३ प् १५७५ नम्बरको नयाँ कार एक आपसमा ठोक्किँदा दुर्घटना हुन् पुगेको हो। 

दुर्घटनामा कुनै मानवीय क्षति  नभएको प्रहरी स्रोतले जनाएको छ,भने कारको अगाडी पट्टिको बम्परमा पूर्ण रुपमा भौतिक क्षति भएको छ। बसमा भने त्यति ठुलो भौतिक क्षति नभएको दृश्यमा देख्न सकिन्छ। 

दुर्घटना के कारणले भयो भन्ने बिषयमा बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्