अर्घाखाँचीको सितापुरमा वार्ड स्तरिय खुल्ला पुरुष भलिबल हुँदै

| २०७८ पौष १४ गते १२: ०६ मा प्रकाशित

झनक केसी,सितापुर।यहि मिति २०७८ साल पुष २२ गते देखि माघे सक्रान्तीको अबसरमा शितगङ्गा वार्ड न.२ सितापुर निपाने सेवा समाजको आयोजनामा अर्घाखाँची  वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। 

निपाने सेवा समाजले प्रतियोगितामा आ - आफ्नो टिमलाई सहभागिता जनाउँनको लागि हार्दिक अनुरोध गरेको छ। साथै खेलप्रेमी महानुभावहरु सबैलाई निपाने सेवा समाजले स्वागत सहित निमन्त्रणा गरेको छ। 

दर्ता मिति २०७८/९/२२ गते १० बजे

स्थान:-शितगङ्गा २ सितापुर निपाने 

दर्ता शुल्क:-३००० मात्र अन्लाइन मार्फतपनि गर्न सक्नु हुनेछ २२ गते १० बजे टिम अनिबार्य फिल्डमा हुनु पर्ने छ।खेलाडी खानबस्न आफैले ब्यबस्थापन गर्नु पर्ने छ।

पुरस्कारहरु 

प्रथम पुरस्कार-३०,००० 
द्वितीय पुरस्कार-२०,०००
तृतीय पुरस्कार-१०,०००

पुरस्कारको साथमा टफि मेडल प्रमाण पत्र प्रधान गरिने छ।

नोट:खेल प्रचलित नियम अनुसार खेलाइने छ। खेलाडी एउटै वार्डको हुनुपर्ने छ यदि बिबादास्पद भएमा नाम खुल्ने कागजपत्र पेश गर्नु पर्ने छ। विवाद भएमा अन्तिम निर्णय अफिसियल र आयोजककै सर्वमान्य हुने।

सम्पर्क-9869424337/9847578225

प्रतियोगितालाई सफल बनाउन विभिन्न देशबिदेशमा रहनु भएका आफन्त इस्टमित्रहरुको सहयोगले खेल सन्चालन गर्न लागेको सोहि गाउँमा जन्मेका अहिले सबैको मनमा बस्ने युवा खेलाडी दिपेन खडकाले जानकारी दिएका छन। 

यो खेलकुद प्रतियोगितालाई साथ सपोर्ट गर्नुहुने सबैलाई निपाने सेवा समाजले धन्यवाद सहित सम्झना गर्ने जनाएको छ। आगामी दिनमा आफ्नो गाउँलाई चिनाउँन म सदैब लाग्ने खडकाले बताए।

प्रतिक्रिया दिनुहोस्