अर्घाखाँचीको सितगंगा साम्कोट गाउँमा अझै सम्म बिजुली बत्ति पुग्न सकेन

| २०७८ पौष २४ गते १६: १७ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा ,सितगंगा। अर्घाखाँची जिल्लाका बरिष्ठ नेताहरुले बिभिन्न  कार्यक्रममा बिकास हेर्न अर्घाखाँची आउँनु पर्छ,अन्य जिल्लाको हिसाबले अर्घाखाँची मा धेरै बिकास भएको छ भनेर फुक्ला गाला बजाउदै भाषण ठोक्ने गर्दछन ।

तर अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर १० को साम्कोट गाउँमा अझै सम्म बिजुली बत्ति पुग्न सकिरहेको छैन ।अर्घाखाँचीका प्राय:जस्तो क्षेत्रमा बिजुली बत्ति पुगेको छ तर साम्कोट गाउँका स्थानीयहरु अझै पनि टुकीको र सोलार बत्तिको भरमा जिपिकापार्जन चलाईरहेका छन् । अर्घाखाँची को बिकास को प्रगति देखेर अन्यत्र जिल्लावासी जिब्रो टोक्ने गर्दछन भनेर फुक्ला भाषण दिनु भन्दा सितगंगाको सामने गाउँमा बिजुली बत्तिको लाइन बिस्तार गरिदिए कति पुन्य को काम हुन्थ्यो होला ?

अर्घाखाँचीका केहि गाउँहरु अझै पनि बिजुली बत्ति बाट बन्चित रहेका छन् अन्धकारमा जीवन बिताई रहेका छन् ,अझै पनि टुकीको भरमा दैनिकी चलाईरहेका छन् भन्ने दु:खद खबर सुन्नु पर्दा अर्घाखाँचीका नेताहरु र त्यहा का स्थानीय नेता हरु को अहिले सम्म ध्यान काह छ लाज लाग्नु पर्ने  हैन र ?

प्रतिक्रिया दिनुहोस्