शितगङ्गाको सितापुरमा जारी वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता ढाकाबाङ्ग च्याम्पियन

| २०७८ फागुन ७ गते २०: ३० मा प्रकाशित

अर्घाखाँची,झनक केसि। अर्घाखाँची जिल्ला सितगङ्गा नगरपालिका वार्ड न २ सितापुरमा जारी वार्ड स्तरिय भलिबल प्रतियोगितामा ढाकाबाङ्ग च्याम्पियन भएको छ।

कार्यक्रमको प्रमुख अतिथी यसै वार्डका अध्यक्ष गोबर्धन थापा बिशिस्ट अतिथि कार्यपालिका सदस्य राम बहादुर दर्नाल विशेष अतिथि सरस्वती माबिका पुर्व प्रअ  राजेन्द्र केसि,अतिथी इप्रका ठाडाका सह-इन्चार्ज सालिक राम खनाल,विभिन्न पार्टिका प्रतिनिधी,संघ सस्थाका प्रमुख तथा प्रतिनिधि,सहयोगी दाताहरुको आतिथ्यतामा भलिबल प्रतियोगिता समापन गरिएको थियो.

भलिबल प्रतियोगिता समापन

 

प्रतियोगितामा २० टिमको सहभागिता रहेको जानकारी प्राप्त भएको छ। जस  मध्य फाइनल खेलमा प्रथम स्थान ढाकाबाङ्गले हात पारेको छ। तेस्तै द्वितीय स्थान आयोजन सितापुरले हात पारेको छ। तृतीय स्थान फलाम खिल्जिले हात पारेको छ।

प्रथम स्थान ढाकाबाङ्गले हात पारेको छ

 

फाइनल खेलमा बेस्ट अफ फाइभ खेलाइएको थियो जसमा  ढाकाबाङ्गले  सितापुरलाई ३-१ ले अग्रता लिई आफुलाई प्रथम स्थान हासिल गर्न सफल भएको हो।

भलिबल प्रतियोगितामा उत्कृष्ट सटर ढाकाबाङ्गका संगीन आचार्यले हात पारेका छन। तेस्तै अनुशासन खेलाडी रुपमा आफुलाई चिनाउन फलाम खिल्जिका दिपक आलेले हात पारेका छन। तेस्तै बेस्ट डिफेन्स आयोजकका अर्जुन फाल मगर (एमे) ले हात पारेका छन। 

कार्यक्रमलाई सफल बनाउन सहयोगि दाताहरुले व्यापारी लगायत देश बिदेशबाट आर्थिक सहयोग गरेको खेल संयोजक अमृत क्षेत्रीले जानकारी दिए। जस मध्य पुरस्कार रासी  प्रथम पुरस्कार तेत्तीस हजार, द्वितीय पुरस्कार बाईस हजार, तृतीय पुरस्कार वाह्र हजार रहेको क्षेत्रीले बताए। 

 

कार्यक्रममा प्रथम,द्वितीय,तृतीय भएका टिमलाई ठूलो चेक सौजन्य राष्टिय बाणिज्य बैंक ठाडा शाखाले गरेको छ। 

खेल टिटि सिस्टमबाट खेलाइएको थियो खेल अबधी भर प्रथम रेफृको भुमिका एन.बि.ए रेफ्री आकाश बेल्बासेले  निभाउनु भएको थियो। खेलको समापन गर्दै प्रमुख अतिथी गोबर्धन थापाले आगामी दिनमा भलिबल खेल लगाएत अन्य खेललाई थप ब्यबस्थापक गर्दै लैजाने प्रतिबद्धता गर्दै बिजेता टिम लगायत सबै सहभागी टिमलाई बधाई दिएका छन।

प्रतिक्रिया दिनुहोस्